दमकमा बाहिर बन्द भनेर भित्र शब्जि बजार खुला भएको खुलासा ! बल्ल हुने भयो बन्द
विष्णुप्रसाद पोखरेल
दमक/ दमकको शब्जि बजार अत्यन्त भिड भएको र यसले कोरोना भाइरसको संक्रमण बढाउन जोखिम हुने भन्दै गर्ने भनिएकोमा तरकारी ब्यवसायीहरुले अटेर गरेको पाईएको छ ।
स्वयं ब्यवसायीहरुले बन्द भएको भनेर निर्णय गरेको र प्रचार त्यसै अनुसार भएपनि खुला गर्ने गरेको पाईएको हो । शुक्रबार र शनिबार नै दमकको शब्जि बजार खुला रह्यो ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख विजयराज पंण्डितका अनुसार शनिवार साँझ प्रहरी आफै पुगेर बन्द गर्न ब्यवसायीलाइ आग्रह गरेको हो । हामीले गएर बन्द गर्न भनेका छौ, पंण्डितले भने ।
दिउसो नगरपालिकामा पनि छलफल भएको थियो । सकेसम्म घरघरमा शब्जि पुर्याउने बन्दोबस्ति गर्ने नभए ब्यापारीले आफ्नो घर तथा डेरा अगाडि विक्री गर्न राख्ने भनेर निर्देशन दिएको बताइन्छ ।
शब्जि बजार बन्द गर्नका लागि निर्देशन दिईएको छ, नगरपालिका उपप्रमुख एवं प्रवक्ता गीता अधिकारीले भनिन् ।
दमक ६ स्थित नयाँ सब्जीबजार संचालनका सम्बन्धमा छलफल र परामर्श गरी उक्त स्थानबाट खुद्रा बिक्रि गर्दा भिडभाड हुने भएकोले व्यवसायीले आआफ्नै घर वा डेराबाट विक्री गर्ने वा होम डेलीभरी गरी बिक्रि वितरण गर्ने निर्णय गरिएको छ, उपप्रमुख अधिकारीले भनाई छ ।
