दमकमा यस्तो पनि भेटियो ! लक डाउनमा भेला भएर तास खेल्दै
दमक/ कोरोना भाइरसको संक्रमणको भयका कारण सरकारले लक डाउन घोषणा गरेको र स्थानीय प्रशासनले पनि यसलाइ पालना गर्न अनुरोध गरेको समयमा झापाको दमकमा बिभिन्न ठाँउमा तासको अड्डा चल्ने गरेको खुलेको छ ।
ईलाका प्रहरी कार्यालय दमकका प्रमुख बिजयराज पंण्डितका अनुसार दमक ३ मा एक समुहलाई आज फेरी यसरी तास नखेल्न चेतावनी दिएर छाडिएको छ ।
शुक्रबार पनि एक समुह तास खेल्दै गरेको अवस्थामा प्रहरी भेटेको उनले जनाए ।
समुहमा भेला हुन तथा जोखिम नमोल्न सरकारले गरेको आग्रह अटेर हुँदैछ, उनले भने ।
यो सवैको स्वास्थ्यका लागि भएकाले सरकार तथा स्थानीय प्रशासनको आग्रहलाइ पालना गर्नु पर्यो, उनले भने ।
