दमकमा खान नपाएर भोकै कोहि बस्नु पर्दैन,त्यस्तो कोहि देखेमा फोन गर्नुहोस-रोमनाथ ओली
दमकमा कोहि पनि भोकै मर्दैन र मर्न दिदैनौ, नगर प्रमुख ओलीले भन्नुभयो । त्यस्तो समस्यामा कोहि परेको भए दमक नगरपालिकाको टोल फ्री नम्बर (16602358000) मा फोन गरेर जानकारी दिन पनि उनले आग्रह गरे
विष्णुप्रसाद पोखरेल
दमक/ दमक नगरपालिकाले अति विपन्न तथा दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्नेहरुलाइ वार्ड कार्यालय मार्फत दैनिक उपभोग्य खाद्य बस्तु उपलब्ध गराउन नगरपालिकाका प्रमुख रोमनाथ ओलीले निर्देशन दिएकाछन् ।
सोहि अनुसार वार्ड कार्यालहरुले अति विपन्न तथा दैनिक मजदुरी गरेर जिविको पार्जन गर्नेहरुको लगत लिने काम अन्तिम चरणमा पुर्याएको छ । ओलीले दैनिक रुपमा नगरको अवस्थाको बिषयमा आफै फिल्ड तथा कार्यालयमा आएर चासो दिइरहेकाछन् ।
आइसुलेसन सहितको दमकको सरकारी दमक अस्पतालमा विरामीको उपचार र अन्य ब्यवस्थापनको बिषयमा चासो दिदै आएकाछन् । दमकमा कोहि पनि भोकै मर्दैन र मर्न दिदैनौ, नगर प्रमुख ओलीले भन्नुभयो । त्यस्तो समस्यामा कोहि परेको भए दमक नगरपालिकाको टोल फ्री नम्बर (16602358000) मा फोन गरेर जानकारी दिन पनि उनले आग्रह गरे । ओलीले आफ्नै ९८५२६३२४४४ मा फोन गर्न सक्ने पनि बताउनु भयो ।
अति विपन्नलाइ सहयोग र साथ दिनु स्थानीय सरकारको कर्तब्य हो र त्यो पुरा गर्छौ, ओलीले भन्नुभयो । कोरोना भाइरसको संक्रमण दमकमा फैलन नदिनका लागि सवै शक्ति प्रयोग गरिएको र उच्च शर्तकता अपनाईएको पनि उनको भनाई रहेको छ ।
अन्य नगरबासिको हकमा दमक उद्योग बणिज्य संघ लगायत ब्यवसायीसंग समन्वय गरेर सकेसम्म अतिआवश्यकीय खाद्यन्न नगरबासीको घरआँगनमा पुर्याउने ब्यवस्था मिलाउन लागि परेको र यसको शुरुवात पनि भइसकेको ओलीले जनाउनु भएको छ ।
दमकमा आवश्यकता अनुसार क्वारेन्टाइन बनाउने कार्य पनि भइरहेको ओलीको भनाई छ । हामी सम्भावित जोखिमलाइ न्यूनिकरणका लागि हदैसम्मको तयारीमा छौ र यसमा नगरबासीहरुलाइ ढुक्क हुन आग्रह छ, उनले भने । सरकारकाले घोषणा गरेको लकडाउनलाइ पुर्ण पालना गरेर बस्न पनि उनको आग्रह रहेको छ ।
