२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ए १ कासेकेण्ड भाइस डिस्ट्रिक गभर्नर रेवतबहादुर कार्कीले कोरोना भाइरसको संक्रमणबाट रोक्न तथा लकडाउनको समयमा अप्ठेरोमा परेकाहरुलाई सहयोग गर्न लायन्सकर्मीहरुलाइ अनुरोध गरेकाछन् ।

उनले अस्पताल, स्वास्थ्यकर्मीहरुलाई अत्यआवश्यकीय सामाग्रि प्रदान गर्न सकेमा त्यस्तो सहयोग, अति विपन्नहरुलाई खाद्यन्न सहयोग गर्न पनि आग्रह गरे । उनले आपतमा परेका र भोकाहरुलाई जुनसुकै समयमा खाद्यन्न लगायत आवश्यक दैनिक उपभोग्य सामाग्रि पुर्याउन तत्पर रहेको पनि प्रतिबद्धता जनाए ।

यो अवस्थामा सकेको सहयोग गर्न लायन्स लिडर रेवतबहादुर कार्कीको लायन्सकर्मीहरुलाइ अपिल

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Monday, 30 March 2020

उनको उपस्थितिमा दमकस्थित लाइफलाइन अस्पतालकी मेडिकल डाइरेक्टर खुश्बुप्रीयालाई २ थान पिपीइ सेट, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ मार्फत सरकारी दमक अस्पताल र आम्दा अस्पतालका लागि ४ थान पिपीइ पनि उपलब्ध गराईएको थियो ।

दमक अस्पतालको पिपिई श्रेष्ठले लायन्सकर्मीहरुको उपस्थितिमा दमक वार्ड नं. ७ का वडाध्यक्ष भीम पौड्याललाइ प्रदान गरेका थिए । सो अवसरमा लायन्कर्मीहरु बिमल शर्मा, तुलसी तिम्सिना, किरण भण्डारी लायन्सकर्मी एवं दमक उद्योग बाणिज्य सघका राजु खड्का, नविन अग्रवाल लगायतको उपस्थिति रहेको थियो । यसको ब्यवस्थापन तथा पहल बिमल शर्माले गरेका थिए ।

यसैबीच कार्कीले आफु बिराटनगरबाट दमक आउने र जाने क्रममा सडकमा भेटिएका सुरक्षाकर्मीहरुलाई माक्स र ह्याण्ड सेनिटाइजर पनि प्रदान गरेका थिए । झण्डै एकसय जना सुरक्षाकर्मीले यो पाएकाछन् ।