२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ कोरोना संक्रमणबाट नगरबासीलाइ जोगाउन तथा आवश्यक परेको समयमा सहयोग गर्नका लागि नगरपालिकाले बनाएको कोषमा दमक उद्योग बाणिज्य संघले १ लाख ११ हजार १ सय ११ प्रदान गरेको छ ।

संघका अध्यक्ष गोकुल श्रेष्ठ, पुर्व अध्यक्ष प्रकाश प्रशाई, प्रथम उपाध्यक्ष राजु खड्का, कार्य समिति सदस्य नविन अग्रवाल लगायतले नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, कार्यकारी अधिकृत गणेश तिम्सिना सहितको उपस्थितिमा उक्त रकम कोषलाइ प्रदान गरेकाहुन् ।

अध्यक्ष श्रेष्ठको अपिल
यसैबीच संघका अध्यक्ष गोकुल श्रेष्ठले यो अवस्थामा सवैले सकेको सहयोग गर्नु पर्ने बताएकाछन् । उनले ब्यवसायीलाई पनि यो आग्रह गरेकाछन् ।

गोकुल जि को अनुरोध

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Monday, 30 March 2020