प्रदेश १ मा लक डाउन अटेर गरे कर्फ्यु लगाउन मुख्यमन्त्री शेरधन राईको निर्देशन
दमक/ प्रदेश नंं. १ का मुख्यमन्त्री शेरधन राईले कर्फ्यु लगाएर भएपनि लकडाउन प्रभावकारी बनाउन जरुरी भएको बताएकाछन् ।
उनले स्वास्थ्यको क्षेत्रमा ठुलो महामारी आउनबाट जोगाउन यो आवश्यक भएको बताएकाहुन् ।
उनले प्रमुख जिल्ला अधिकारीहरुलाई कर्फ्यु लगाएर भएपनि लकडाउन कार्यान्वयन गराउनका लागि निर्देशन दिएकाहुन् ।
मुख्यमन्त्री कार्यालयमा सोमबार पत्रकारहरुसंगको कुराकानीमा उनले यस्तो बताएकाहुन् ।
लकडाउन कार्यान्वयन गर्नु पर्छ र यो अटेर भएमा कर्फ्यु लगाउनु परे त्यो गर्न पनि हामीले निर्देशन दिएकाछौ, राईले भने ।
