२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरणका लागि लक डाउनलाई झापामा थप कडाई हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले मंगलवार नयाँ आदेश जारी गर्दै अब खाद्य सामाग्रि किनमेल तथा औषधि पसल जान पनि कडाई शुरु गरेको छ ।

सरकारी कर्मचारीलाइ समेत अत्यआवश्यक काम बाहेककालाई आउनजानलाइ थप कडाई गर्ने भएको छ ।

अत्यआवश्यकीय सवारी साधन बाहेकका सवारी साधनहरुलाइ पास दिन पनि थप कडाईको आदेश जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरका अनुसार अब लकडाउन पालना नगर्नेमाथि कानूनी कार्वाही शुरु हुन्छ ।

साँझ परेपछि चहलपहल र किनमेलका कारण बजार पसल भिडभाड भएका थिए । परिवारका सवै सदस्यहरु यहि निउमा सडकमा आएका थिए ।

अब दैनिक उपभोग्य सामाग्रि ढुवानीमा पनि प्रशासनले कडाई शुरु गरेको छ ।

सोमबारमात्र प्रदेश १ का मुख्यमन्त्रि शेरधन राईले लकडाउन कडा हुने संकेत दिएका थिए ।

उनले अटेर गरेमा कर्फु लगाउन समेत प्रमुख जिल्ला अधिकारीहरुलाइ निर्देशन दिएका थिए ।

त्यस लगत्तै जिल्ला प्रशासन कार्यालय झापाको कडा आदेश आएको हो ।