२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

जनताका सच्चा प्रतिनिधि एवं विकास प्रेमी दीपक कार्की ।

झापाको राजनीतिमा नौलो नाम होइन् ।

झापामात्र नभएर नेपालको राजनीतिमा नै उनको नाम सुनौलो अक्षरले लेखिएको छ ।

जनधार सहितको एउटा अब्बल राजनीतिक ब्याक्तित्वको पहिचान बनाएका कार्की दूई पटक संबिधान सभा सदस्य बने ।

नेपाल कम्यूनिष्ट पार्टी नेकपा को प्रदेश सदस्य रहेका कार्की एक निष्ठावान र इमान्दरा राजनीतिज्ञमा पर्छन् ।

उनले आफ्नो निर्वाचन क्षेत्रमा गरेको विकास सधै चर्चाको बिषय रहेको छ ।

कार्कीको जीवन लामो समय जनप्रतिधिको रुपमा नै बितेको छ ।

तत्कालिन अवस्थामा गौरादह गाविसमा गाँउ पञ्चायतमा जनपक्षिय उम्मेदवारको रुपमा निर्वाचन जितेर  जनप्रतिनिधिको रुपमा जनताको सेवा लागेका उनि अहिले पनि अनवरत रुपमा यहि यात्रामा छन् ।

तत्कालिन अवस्थामा नेकपा एमालेको जिल्ला उपाध्यक्ष समेत भएका थिए ।

जनताको सेवामा लागेका उनले पदलाइ कहिल्यै पनि ठुलो ठानेनन् ।

एक इमान्दार राजनीतिज्ञको रुपमामात्र उनले आफ्नो पहिचानलाइ स्थापित गरेका छन् । उनलाइ उनको क्षेत्रका जनताले आजिवन जनप्रतिनिधिको रुपमा हेर्ने वातवरण बनाएकाछन् ।

त्यो काम गरेर देखाएकाछन् । अहिले पनि उनि धेरैजसो समय जनताको घरदैलोमा नै हुन्छन् ।

पार्टीले उनको योग्यता, क्षमता र दिएको योगदानको कदर नभएको भन्दै कार्यकर्ताले गुनासो पनि गर्ने गर्छन् ।