दमकका स्वास्थ्य सारथी डा. नविन ढकाल
उनि दमक नगरपालिकाले बनाएको क्वारेन्टाइनमा पुगेर त्यहाँ रहेकाहरुको अवस्था दैनिक बुझिरहेकाछन् । आवश्यक परामर्श दिइरहेकाछन् । आफ्नै आम्दा अस्पतालमा पनि उनि खटिएकाछन्
दमक/ कोरोना भाइरसको संक्रमणको त्रासका कारण अहिले मुलक लकडाउनको अवस्थामा रहेको छ । सरकारले आम नागरिकलाइ घरमा नै सुरक्षित बस्न अनुरोध गरिरहेको छ ।
स्थानीय सरकारले पनि सोहि आग्रह गर्दै आएको छ । बाहिर स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सुरक्षाकर्मी खटिएकाछन् । दमकमा पनि अवस्था यस्तै छ ।
दमकको स्वास्थ्य क्षेत्रमा सधै अग्रभागमा आउने नाम हो डा. नविन ढकाल । दमकका अस्पतालहरुमध्ये पुरानो एवं अब्बल अस्पताल हो आम्दा अस्पताल दमक ।
यसकै मेडिकल सुपरीटेन्डेन्ट हुन् डा. ढकाल । जसका कारण आम्दा अस्पतालमा आमूल सुधार भएको छ र स्वास्थ्य सेवा सहज, सरल भएको छ ।
अहिले यो महामारीको अवस्थामा पनि ढकाल अनवरत खटिएकाछन् ।
उनि दमक नगरपालिकाले बनाएको क्वारेन्टाइनमा पुगेर त्यहाँ रहेकाहरुको अवस्था दैनिक बुझिरहेकाछन् । आवश्यक परामर्श दिइरहेकाछन् । आफ्नै आम्दा अस्पतालमा पनि उनि खटिएकाछन् ।
जुनसुकै समय होस् रात वा विहान उनि फोन आउन साथ अस्पताल होस् या नगरपालिकाका जनप्रतिनिधिले बोलाएको ठाँउमा होस् पुग्ने गर्छन् ।
आम्दा अस्पतालमा शुरुवातदेखि नै ज्वरो क्लिनिक सञ्चालन हुँदै आएको छ । यो उनको पहलमा नै भएको थियो ।
क्वारेन्टाईनमा बसेका तथा ज्वरो आएका विरामीहरु र स्वास्थ्यकर्मीहरुलाई हेर्ने दृष्टिकोण सकारत्मक राख्न उनले आग्रह गरे ।
क्वारेन्टाइनमा बसेका र ज्वरो आएका हरुलाई हेर्ने दृष्टिकोण नकारत्मक नबनाउ, डा.ढकालले भने ।