दमकमा ब्यवसायीक, सामाजिक र सहकारीको क्षेत्रमा जम्दै खेम सापकोटा

धेरै युवाको चाहना सुविधा सम्पन्न देश जाने हुन्छ । एक पटक गएर देश पनि देख्ने र कमाउने धोको नभएका युवा विरलै पाइन्छ ।
अझ राम्रो बिषय लिएर पढेकाहरुको सपना भनेकै युरोपीयन देश बन्ने गरेको छ ।
यो सपना त्यागेर झापाको दमकमा ब्यवसायसंगै सामाजिक र सहकारीको क्षेत्रमा क्रियाशिल रहेकाछन् खेम सापकोटा ।
उनि नेपालमा मात्र नभएर विश्व बजारमा नै पछिल्लो समयमा राम्रो बजार जमाएको एमआइ मोवाईलको होलसेल विक्रेताको रुपमा रहेको एस.एण्ड एस सप्लायर्स दमकका प्रोपाइटर हुन् ।
उनले सापकोटाले इन्जिनियरीगं बिषय लिएर पढे ।
उनले चाहेको भए राम्रो जागिर खान सक्थे । विदेश जाँदा उनका लागि अवसरहरु थियो । तर उनले आफ्नै गाँउठाँउ दमकमा नै केहि गर्ने सोच राखे ।
उनले मोवायलको ब्यवसाय रोजे । अहिले उनि मोवायलको क्षेत्रमा दमकमा सफल ब्यवसायी मानिन्छन् ।
उनि ब्यसायसंगै सामाजिक क्षेत्रमा पनि क्रियाशिल रहेकाछन् ।
दमकको प्रतिफल कृषि सहकारी संस्थाका अध्यक्ष हुन् ।
उनको नेतृत्वमा रहेको सहकारीले बिभिन्न कृषि मैत्री कार्यक्रमहरु सञ्चालन गर्दै आएकोछ ।
यसका साथै उनि लायन्स क्लव मार्फत सामाजिक क्षेत्रमा कृयाशिलछन् ।
लायन्स क्लव अफ स्वीट सिटीका अध्यक्ष रहेका उनले यो बर्ष दूइदर्जनभन्दा बढि सामाजिक तथा सामुदायिक कार्यक्रमहरु आफ्नै नेतृत्वमा सम्पन्न गरेकाछन् ।