राधा माधव समिति दमक र युनिक सहकारीले प्रदान गरे राहत रकम
दमक/ कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि यस नगरपालिकाद्वारा स्थापना गरिएको राहत कोषमा राधा माधव सेवा समिति दमक र युनिक सहकारी संस्था दमकले आर्थिक राहत प्रदान गरेकाछन् ।
समितिका काशि खातीको अगुवाईमा गएको टोलीले ५१ हजार १ सय नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारीलाई रकम प्रदान गरेको हो ।
रोहित आचार्य, भगवान बस्नेत लगायतको सहभागिता रहेको थियो।
यसैगरी युनिक बचत तथा रिण सहकारी संस्थाले १ लाख ११ हजार १ सय रुपिया राहत कोषलाई प्रदान गरेको छ ।
अध्यक्ष रोहित आचार्य सहितको टोलीले उक्त राहत रकम प्रदान गरेको हो । दिनहु राहत रकम जम्मा हुने क्रम जारी रहेको जनाईएको छ ।

