शैक्षिक, सामाजिक र गायन क्षेत्रमा चम्किलो बन्दै गंगादेब चौधरी
भनिन्छ जीवन संघर्ष हो । संघर्षबाट नै सफलता मिल्छ । जो मान्छे संघर्षशिल छ त्यो मान्छे सफल बन्छ । सफलताका लागि सधै सकारत्मक सोचका साथ अघि बढ्नु पर्छ ।
यस्तै संघर्षशिल युवा हुन् दमकका गंगादेव चौधरी । उनि केहि समय अघिसम्म प्रतिष्ठित अन्तराष्ट्रिय संस्था आईओएमको जागिरे पनि थिए ।
तर अहिले उनी दमकका एक शैक्षिक, सामाजिक र गायन क्षेत्रमा उदाउदो युवाको रुपमा परिचित रहेकाछन् ।
दमकस्थित अक्सफोर्ड विद्यालयका कार्यकारी अध्यक्ष हुन् भने ओएसिस होस्टेलका सञ्चालकहुन् ।
विद्यालय र होस्टेल दुबैलाइ उनले दमकमा अब्बल मध्येमा पर्ने बनाएकाछन् । उनको मिहिनेतका कारण नै यो सम्भव भएको बताईन्छ । उनले धेरै समय यसलाइ नै दिन्छन् ।
उनि लायन्स क्लव अफ स्टर्न लायनका सक्रिय सदस्य तथा बिभिन्न पदहरुमा रहेर काम गर्दै आएकाछन् ।
कार्यक्रमको डिजाइन गर्न देखि लिएर स्थानीय आवश्यकतालाइ पैल्याउन सक्ने सीप र खुवि उनिसंग रहेको छ ।
उनि लायन्सका अधिकाँश कार्यक्रमहरुमा देखिन्छन् ।
उनि यसमा मात्र सिमित छैनन् । गायकको रुपमा पनि उनको परिचय रहेको छ ।
उनले आधुनिक तथा पपगीतहरु गाएकाछन् ।
नेपालका चर्चित गायक संजिव सिंहको कम्पोज तथा सगितमा केहि गीतहरु गाएकाछन् ।
उनि शैक्षिक, सामाजिक र सांगितिक क्षेत्रमा लागिरहने बताउछन् ।
उनका केहि ब्यवसायीक योजनाहरु पनि रहेकाछन् ।
केहि महिनाभित्रमा दमकमा केहि नयाँ सोच सहित मन मिल्ने साथीहरुसंग मिलेर ल्याउने उनको योजना रहेको सुनाउछन् ।

