२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापा दमकका लैगिक तथा यौनिक अल्पसंख्यकहरुले आफुहरु लकडाउनका कारण भोकै बस्नु पर्ने अवस्था आएको बताएकाछन् ।

उनिहरुले आफुहरुलाइ कसैले नसम्झेको जनाउदै राहत उपलब्ध गराउनका लागि माग पनि गरेकाछन् ।

हामी पनि त यहि देशका नागरिक हौ नी, लिड नेपालकी कार्यक्रम अधिकृत चञ्चला सुब्बाले भनिन् ।

अधिकाँश लैगिक तथा यौनिक अल्पसंख्यकहरु घर तथा समाजबाट बहिष्कृत बनेर डेरामा बस्दै आएको र उनिहरुको कोठामा चुल्हो बल्न छाडेको सुब्बाले भनिन् ।

म आफैलाइ पनि समस्या परिसकेको छ, उनले भनिन् ।

उनले स्थानीय सरकारले राहत वितरण गर्दै आएको समचारहरु हेरेको तर अहिलेसम्म आफुहरुलाइ कसैले नसोधेको जनाईन ।

हामीलाइ पनि राहत उपलब्ध गराए हुन्थ्यो, उनले थपिन ।

लकडाउनका कारण बाहिर जान नसकिएको र हरेक खाद्य सामाग्रि महगो भएको पनि उनको भनाई थियो ।

केहि किनेर खान सक्ने अवस्था पनि छैन, यस्तै हो भने भोकै मरिन्छ होला, उनले भनिन् ।