२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ यतिखेर कोरोना भाइरसको संक्रमणबाट कसरी जोगिने र कसरी जोगाउने भन्दा पनि राहतको बिषयम बहस धेरै चलेको छ । राहतको बिषयमा बखेडा निस्केको छ ।

नगर प्रमुख, उपप्रमुख वा कार्यकारी अधिकृत र वार्डध्यक्ष आफै पनि राहत बाडिन खटेकाछन् ।

स्वास्थयकर्मी यो समयमा ज्यानको बाजि लगाएर कार्यस्थलमाछन् । प्रहरी लकडाउन कार्यन्वयनका लागि सडकमा रहेकाछन् ।

जसको घरमा चामल छैन, अन्न छैन, पैसा पनि रहेको छैन । त्यहाँ राहत पुग्नुपर्छ र पुर्याउनु पर्छ ।

यो स्थानीय सरकार, राजनीतिक दल र सामाजिक संघसंस्थाहरुको पनि भूमिका हो ।

विरोध गरेर भन्दा पनि त्यस्ता परिवार औल्याइदिएर यो समय सहयोग गर्नु पर्छ ।

शनिवार राहत वितरणको अवस्था हेर्नका लागि हिड्ने क्रममा वार्डध्यक्ष, वडा सदस्यहरुको खटाई सरानिय देखेको थिए । नामवली टोल विकास संस्थाबाट लिईएको अधिकाँशको भनाई रहेको थियो ।

टोल विकास संस्था साझा हो । यसले ल्याएको नाम साझा नाम नै हुनुपर्छ ।

राजनीतिक रंग र कुनै समयको रिस नसाधि नाम ल्याउनुपर्छ र ल्याउनु पथ्र्यो । त्यो भएको छैन भने त्यो गलत हो ।

त्यस्ता टोल विकास संस्थाको नेतृत्व गर्नेलाई यो अहिलेको ंअवस्थासंग जुधेपछि मिल्क्याइ दिनुपर्छ तर अहिले जसरी पनि गरिबको झुपडिमा राहत पुर्याउनु पर्छ ।

शनिवार राहत वितरणमा जाँदा दमक नगरप्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, कार्यकारी अधिकृत गणेश तिम्सिनाले घरभित्र पसेर चामलको अवस्था हेरेका थिए ।

१० वटा जति घरमा हेर्दा अधिकाँशकोमा ५ देखि ७ दिन पुग्ने देखियो ।

उनिहरु आफैले एकसाता सम्म पुग्ने र यहि अवस्था रहे आफुहरुलाइ पनि राहत चाहिने बताए । नगर प्रमुख ओलीले डायरीमा नाम टिपे ।

राहत वितरण कहिल्यै र कहि पनि विवादमुक्त देखिएको छैन । सवैले पाए हुन्थ्यो भन्ने लाग्छ ।

अझ आफुले भनेका सबैलाइ दिए र उनिहरुले पाए भन्नु स्वभाविक पनि हो । तर यो सम्भव नहोला ।

यसर्थ राहत वितरणमा सहयोग गरौ । गरिवको घर पहिचान गरौ । जहाँ राहत पुगेको छैन त्यहाँ राहत दिन धेरै आतुरछन् ।

राहत कसरी पुरयाउने ? भकारीमा धान चामल कति छ?

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Sunday, 5 April 2020