२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/झापाको मेची अञ्चल अस्पतालमा कोरोना भाइरसको सक्रमणको आंशकामा भर्ना भएका कोहिमा पनि कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ ।

दुइसाताको अवधिमा कोरोना संक्रमणको आंशकामा अस्पतालमा भर्ना भएका ७ जनाको जाँच भएको थियो ।

यसको रिर्पोट अनुसार कोरोना भाईरसको संक्रमण कसैमा नभएको पाईएको कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिका संयोजक सोमनाथ पोर्तेलले बताएकाछन् ।

जिल्ला समन्वय समिति झापाका प्रमुख समेत रहेका पोर्तेलका अनुसार सिधै धरानमा एकजनाको जाँच भएको थियो ।

ति जाँच गरेका ब्याक्तिमा समेत कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

झापामा अहिलेसम्म कसैमा पनि कोरोना संक्रमण भएको छैन, पोर्तेलले भने ।

सम्भावित जोखिमसंग जुध्नका लागि आवश्यक तयारी भने तिव्र रुपमा अघि बढाउने क्रम जारी रहेको उनको भनाई रहेको छ ।

मेची अञ्चल अस्पातलको आइसुलेसनमा रहेका एक विरामीको रिर्पोट आज आएपछि सवैको रिर्पोट नेगेटिभ आएको पाईएको हो ।

कमल गाँउपालिकाका एक शंकाश्पद विरामीको स्वास्थ्य रिर्पोट आउन बाँकी रहेको थियो ।