कमल गाँउपालिकाको सिद्धेश्वर गुरुकुलका बटुकहरुलाई खाद्यन्न अभाव
दमक/ कमल गाँउपालिका वडा नं. ६ र ७ को बीचमा रहेको सिद्धेश्वरधामको गुरुकुलमा रहेका विद्यार्थीहरुलाइ खाद्यन्न अभाव भएको छ ।
दैनिक पुजापाठ लगायत मुष्ठिदानबाट चलेको आवसीय गुरुकुलमा खाद्यन्न अभाव भएको र कतैबाट ब्यवस्थापन नभए गुरुकुलका विद्यार्थीहरु भोकै रहने अवस्था आउने स्थानीय युवराज अधिकारीले बताएकाछन् ।
लकडाउनका कारण घरघर गएर मुष्ठिदान उठाउने कार्य बन्द भएकाले खाद्यन्न संकट आएको छ, उनले भने ।
उनले गुरुकुलका लागि आवश्यक खाद्यन्न उपलब्ध गराउन सार्वजकिन अपिल पनि गरेकाछन् । गुरुकुलमा २० विद्यार्थी सहित २३ जना रहेकाछन् ।
