दमकमा क्वारेन्टाइनमा बसेका कसैमा पनि देखिएन कोरानाको लक्षण, होम क्वारेन्टाइनमा बस्ने शर्तमा घर पठाईयो
झापाको दमकमा क्वारेन्टाइनमा रहेका ४ जनामा कोरोना भाइरस संक्रमणको कुनै पनि लक्षणहरु नदेखिएपछि होम क्वारेन्टाइनमा बस्ने शर्तमा घर पठाईएको छ ।
दमक नगरपालिका उपप्रमुख एवं र प्रवक्ता गीता अधिकारीका अनुसार क्वारेन्टाइनमा रहेकाहरुमा कुनै पनि स्वास्थ्य समस्या पाईएन ।
वडा न ४ स्थीत दाहाल प्रतिष्ठान क्वारेन्टाईनमा ४जनाले क्वारेन्टाईनमा बस्ने अवधि पुरा गरेको र निजहरुको स्वास्थ्यमा कुनै समस्या नदेखिएको हुनाले चिकित्सकहरु सल्लाह अनुसार घरमै सेल्फ क्वारेन्टाईनमा बस्ने गरि घर पठाईएको छ, उपप्रमुख अधिकारीले भनिन् ।
्उनिहरु अझै लकडाउन अवधिभर होम क्वारेनटाइनमा भने बस्नु पर्नेछ । यसैगरी मानसरोवर कलेजको क्वारेन्टाईनमा १ जना रहेको र निजको स्वास्थ्य अवस्था सामान्य रहेको पनि अधिकारीले जनाएकीछन् ।
अन्य विदेशबाट आएका व्यक्ति र परिवारको स्वास्थ्य अवस्था यस नगरपालिकाको स्वास्थ्य शाखाबाट निरन्तर निगरानी भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।
यसका साथै नेपाल सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकभर लागू गरेको लकडाउन आदेशलाई सावधानी र सतर्कतापूर्वक घरमै बसी पालना गर्न नगरपालिकाले आग्रह गरेको छ।
अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल नगर्न, विदेशबाट आएको व्यक्ति वा परिवारले सोको जानकारी नगरपालिका वा प्रहरीलाई तत्काल गराउन सम्पूर्ण नगरबासीमा अपिल छ, बिज्ञप्तिमा भनिएको छ ।
