दमकमा अब राहतको जिम्मा वार्ड कार्यालयलाई,वार्डध्यक्षहरु राहतको खोजीमा
विष्णुप्रसाद पोखरेल
दमक/ दमक नगरपालिकाले वार्ड कार्यालय मार्फत पहिलो चरणको राहत वितरणपछि अब छुटेकालाई राहत वितरणको जिम्मा वार्ड कार्यालयलाइ दिएको छ ।
वार्ड कार्यालयले अब राहतको ब्यवस्थापन गर्नु पर्नेछ । हुनेखानेले राहत पाएको र अझै थुप्रै बिपिन्न परिवार राहत पाउनबाट छुटेको गुनासो रहेको छ ।
वार्डध्यक्षहरुले सामाजिक संघसंस्थाहरुलाई राहत सहयोगका लागि अनुरोध गर्न थालेकाछन् ।
राहत वितरणको ब्यवस्थापन वार्डले गर्ने भनेपछि राहत बटुल्न वार्डध्यक्षहरुलाई सकस परेको छ ।
सबैले नगरपालिकाको राहतकोषमा रकम तथा जिन्सि सहयोग गर्दै आएकाछन् ।
नगरपालिकामा आएको चामल, दाल लगायतको खाद्यन्न वार्ड कार्यालयहरुमा नै पठाईने र नपुगेको स्थानीय स्तरमा ब्यवस्थापन गर्न वार्ड कार्यालयहरुलाई भनिएको हो, नगरपालिकाका कार्यकारी अधिकृत गणेश तिम्सिनाले भने ।
राहत पाउनु पर्ने र बिजोग अवस्थामा रहेको कोहि पनि भोको बन्नु हुदैन भन्ने नगरपालिकाको मान्यता रहेको जनाउदै यसका आफुहरु प्रयत्नशिल रहेको पनि उनले जनाए ।
