प्रभावकारी न्यूजको प्रभाव-सिद्धेश्वर गुरुकुलमा पुग्यो खाद्यन्न सहयोग
दमक/ झापाको कमल गाँउपालिकास्थित सिद्धेश्वर गुरुकुलमा रहेका बटुकहरुलाई खाद्यन्न अभाव रहेको समचार प्रभावकारी न्यूजमा आएपछि लायन्स क्लव अफ लखनपुरका अध्यक्ष ज्ञानु पौड्याल सहित लायन्स जोन चियर पर्सन धर्मानन्द भट्टराई, लायन्सकर्मी तथा राजनीतिकर्मी राजु न्यौपानेले खाद्यन्न सहयोग गरेकाछन् । ४ बोरो चामल, ५ केजी दाल, पाँच केजी नून, ५ केजी तेल गुरुकुलमा लिएर उनिहरु गएकाहुन् ।
मुष्ठिदानमा निर्भर रहेको गुरुकुलमा लकडाउनका कारण मुष्ठिदान संकलन नभएका कारण खाद्यन्न अभाव रहेको अवस्थामा यो सहयोगले टेवा पुगेको स्थानीय युवराज अधिकारीले बताए । लायन्सकर्मी प्रमोद दाहाल, धरेन पौड्याल र राजनीति तथा सामाजिक अगुवा हुकुमसिं राई लगायतको उपस्थिति रहेको थियो ।
खाध्यन्न अभाब भएको कमल ७ को गुरुकुलमा लायन्स क्लब अफ लखनपुरको सहयोग ।
Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Wednesday, 8 April 2020
