झापामा लकडाउन नमानि हिड्नेलाइ सडक हिरासतमा राख्न शुरु
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको बिर्तामोडमा लकडाउन पालना नगर्नेहरुलाइ प्रहरीले सडकमा नै दुइघण्टा उभ्याउन थालेको छ ।
सामाजिक दुरी कायम हुने गरी अस्थाई रुपमा बनाईएको स्थलमा टन्टालापुर घाममा २ घण्टासम्म बस्नु पर्नेछ ।
यो एक किसिमको सढकमा खुला हिरासतजस्तै बनाईएको छ ।
विभिन्न बहाना देखाएर मानिसको चहल पहल बढन थाले पछी प्रहरीले यस्तो कदम चाल्नु परेकोे ईलाका प्रहरी कार्यालयका बिर्तामोडका प्रखुम मुकुन्द प्रसाद रिजालले बताएकाछन् ।
अत्यआवश्यक काम भएकाहरुलाइ हामीले छाडेका छौ तर वहाना बनाएर हिड्नेहरुलाइ पहिलो चरणको कार्वाही अन्र्तगत दूइ घण्टासम्म यसरी राखिएको हो, रिजालले भने ।
बुधबारमात्र १ सयभन्दा बढि सर्वसाधरणहरु यस्तो कार्वाहीमा परेकाछन् ।
प्रहरीलाई झापामा लकडाउनलाइ सफल बनाउन समस्या पर्दै आएको छ ।
विहान र साँझ लकडाउन खुले जसरी नै हिडडुल हुन थालेको छ ।
गृह मन्त्रालयले लकडाउनलाइ पुर्ण रुपमा कार्यन्वयन गराउन बारम्बार निर्देशन दिदै आएको छ ।
जिल्ला प्रशासन कार्यालय पास सवारी पास बन्द गरेपछि वार्ड कार्यालयबाट पास बनाएर हिडेको पाईएपछि प्रहरीले त्यस्तालाइ पनि नियण्त्रणमा लिएको पाईएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रकाश जबेगुका अनुसार अत्यआवश्यक बाहेक सवारी साधन चलाएको पाईए रोक्न निर्देशन दिईएको छ।
बिभिन्न ठाँउमा रहको ट्राफिक पोष्ट तथा खटिएका ट्राफिकहरुले कडाईका साथ निगरानी राख्न भनिएको पनि उनले जनाए ।
