झापाको दमक ३ मा २ सयभन्दा बढि मजदूर तथा अति विपन्न परिवार भोकै रहनु पर्ने अवस्था
दमक/ झापाको दमक ३ मावा खोलाको किनारमा रहेका सुकुम्बासी ताथ अति विपन्न र मजदूर परिवारहरु राहत नपाएर भोकै बस्नु पर्ने अवस्था रहेको बताईएको छ ।
राहत वितरण गर्ने क्रममा नगरपालिकाले बितरण गरेर रहेका अझै पनि धेरै घर परिवारलाई राहतको आवश्यकता रहेको बताईन्छ ।
वडा नं. ३ का वडाध्यक्ष नविन बरालले २ सयदेखि २ सय ५० घरपरिवारलाइ राहत अति आवश्यक रहेको पाईएको छ ।
खोलामा गिटी कुट्ने देखि लिएर बाहिर लेबर काम गर्ने परिवारको संख्या पनि एकसयभन्दा बढि राहत पाउनबाट बञ्चित रहेको उनले सुनाए ।
म सामाजिक संघसंस्था तथा दाता महानुभावहरुसंग आग्रह गर्दछु यहाँ पनि राहत सहयोग गरिदिनु होला, बरालले भने ।
