मोदी र ओलीबीच फोन बार्ता-आपूर्ति ब्यवस्था र एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा छलफल
प्रभावकारी न्यूज डेक्स
दमक / प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग टेलिफोन बार्ता गरेकाछन् ।
उनले भारतीय प्रधानमन्त्री मोदीसंग त्यहाँ रहेका नेपालीहरुको बिषयमा कुरा गरेको जनाएकाछन् ।
यता रहेका भारतीयलाई यतै सहज रुपमा रहने वातवरण बनाउने र उता रहेका नेपालीहरुलाई पनि सहज रुपमा रहने वातवरण बनाउने सहमति भएको पनि प्रधानमन्त्रि ओलीले सामाजिक सञ्जाल फेसबुक र ट्विटमार्फत जानकारी गराएकाछन् ।
उनले भनेकाछन्-
आज मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग
टेलिफोन संवाद गरें । कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं । लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं । आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भयो । भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि मैले धन्यवाद दिएँ ।
