२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापा जिल्लामा नै कोरोना भाइरसको र्‍यापिड डाइगोनोस्टिक टेस्ट किट आरडीटी बाट परीक्षण शुरु गरिएको छ ।

प्रदेश १ को झापा सहित चार जिल्लामा क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण शुरु भएको हो ।

किटसंगै जाँच गर्न आएको टोलीले केहि ब्याक्तिको स्वाब परीक्षणका लागि समेत नमूना लिएर गएको छ

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवका अनुसार झापामा शुक्रबारदेखि किटबाट परीक्षण शुरु भएको हो । यादवको टिम नै झापामा आएको थियो ।

झापाको भद्रपुरस्थित कलबलगुढीको क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण भएको प्रभावकारी न्यूजलाई यादवले जनाएकाछन् । यो निरन्तर रहनेछ र क्वारेन्टाइनमा रहेका सवैको जाँच हुनेछ, उनले भने ।

यो परीक्षण नै अन्तिम परीक्षण र शत प्रतिशत विश्वशनिय नहुने बताईन्छ । किटमा पोजेटिभ आएको अवस्थामा आइसुलेसनमा राखेर स्वाब परीक्षण हुने छ ।

आजबाट मोरगको बिराटनगरस्थित कोशि अञ्चल अस्पतालबाट पनि ल्यावबाट कोरोना जाँच शुरु भएको छ ।

भद्रपुरमा किटबाट जाँच शुरु भएपनि झापाका सबै क्वारेन्टाइनमा भने यो शुचारु भइ नसकेको बताईएको छ ।

शनिवार र आईतवारदेखि भने सबै क्वारेन्टाइनबाट जाँचको ब्यवस्था हुनसक्ने जनाईएको छ ।