दमकमा खाद्यन्न अभाव झेलेका डेरा गरेर बस्ने विद्यार्थीहरुले पनि खाद्यन्न पाउछन् – गीता अधिकारी
दमक/दमकमा डेरा गरेर बस्ने क्याम्पसका बिपन्न विद्यार्थीहरुलाई दमक नगरपालिकाले सहयोग गर्ने भएको छ ।
दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत यो बिषयमा जानकारी दिईएकीछन् ।
उनले डेरा गरेर बस्ने दमक क्याम्पस लगायत अन्य क्याम्पसका विद्यार्थीहरुलाइ खाद्यन्न आवश्यक भएमा आफुलाइ सम्पर्क गर्नका लागि अनुरोध गरेकीछन् । उनले आफ्नो मोवायल नम्बर समेत दिएकीछन् ।
उनले भनेकीछन्-
उच्च शिक्षा आर्जन गर्ने उद्देश्यले दमकमा डेरा गरि बस्ने दमक क्याम्पस लगाायत अन्य विध्यालयका विध्यार्थि भाईबैनीहरु काेराेना संक्रमण न्यूनिकरण काे लागी सरकारले गरेकाे लक्डाउनले गर्दा घर जान पाउनु भएकाे छैन हाेला ! यदि खाध्यान्न अभावकाे समस्यामा हुनुहुन्छ भने सम्पर्क गर्नु हाेला !
फाेन नं. 9852632555
आफु पनि बाचाैं र अरूलाई पनि बचाउ !!
