आफ्नो लागि हो बिचार गरौ-दमकमा लकडाउन बिगत दिनभन्दा कडा तर अझै पनि लकडाउनको पुर्ण पालना छैन
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा अन्य दिनको तुलनामा लकडाउनको पालना बढि भएपनि पुर्ण रुपमा भने अझै हुन सकेको छैन ।
साँझ परेपछि चोक बजार तथा भित्रि सडकहरुमा समेत भिडभाड रहेको छ ।
दिउसो मध्यान्हमा भने लकडाउनका कारण बजार तथा दमक भित्रका सडकहरु सुनसान नै देखिन्थे ।
दमक चोक लगायतका बिभिन्न ठाँउमा लकडाउन पालना नगर्नेलाई सामाजिक दुरी कायम राखेर उभ्याउन थालेपछि भने केहि हिडडुलमा कमी भएको पाईएको छ ।
संघीय, प्रदेश र स्थानीय सरकार तथा प्रशासनले लकडाउनलाई कडाइ गर्ने बताउदै आएको छ ।
लकडाउनलाइ बिगतमा बिभिन्न पार्टी तथा संगठनले गरेको बन्दजस्तो बुझेर साँझ परेपछि निस्कने क्रमले जोखिम बढाउने भन्दै यसको पुर्ण कार्यन्वयनको माग सामाजिक सञ्जालमा उठेको छ ।
प्रदेश सरकारले पनि लकडाउन पुर्ण पालना गराउन जिल्ला प्रशासन कार्यालयहरुलाइ कडा निर्देशन दिई सकेको बताईन्छ ।
दमक लगायत अधिकाँश ठाँउमा प्रहरीले माइकबाट सूचना जारी गर्दै घरबाट ननिस्कन अनुरोध गर्दै आएको छ ।
नगरपालिकाले सार्वजनिक अपिल पनि गरिरहेको छ । तर अटेर गर्ने क्रमले गर्दा लकडाउन फितलो बनेको देखिन्छ ।
प्रहरीले शनिवार झापाभर लकडाउनलाई कडा गरेको छ । बिना काम बाहिर निस्कनेलाइ २ घण्टासम्म उभ्याउन थालेको छ ।
अत्यआवश्यक बाहेक हिडडुल नगर्न बारम्बार आम नागरिकलाई अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्णप्रसाद कोइराला बताउछन् ।
