फलफुलदेखि खाद्यन्न छोइनसक्नु भो-दमकमा जे को पनि भाउ आकसियो
ग्राहक-दाई अंगुर पावा कति ?
ब्यापारी -७० रुपिया पावा
ग्राहक -हिजो ५० रुपिया थियो
ब्यापारी -अब त यो पनि सकिन्छ भोली देखि ८० पुग्छ
यो बजारमा अब सामान्य भइसकेको छ । ब्यापारीले दिनहु आफुखुसि भाउ बढाएकाछन् ।
फलफुल तथा शब्जिको मात्र नभएर दैनिक उपभोग्य सामाग्रिको पनि भाउ बढाएर लिन थालेको उपभोक्ताले गुनासो गरेकाछन् ।
हरेक खाद्यन्न चिजमा केजीमा १० देखि १५ रुपिया बढेको छ, एक उपभोक्ताले पसल अगाडि भन्दै थिईन् ।
झापाको दमकमा अहिले दैनिक उपभोग्य सामाग्रिहरुको भाउ आकासिएको छ ।
एकातिर जनता लकडाउनले आक्रन्त भएको समयमा कति ब्यवसायी भने कमाउधन्दामा लागेकाछन् ।
दमक उद्योग बाािणज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले बिज्ञप्ति जारी गरेर नै कालोबजारी तथा मूल्य बृद्धि नगर्न अनुरोध गरेका थिए ।
दमक नगरपालिकामा भएको छलफलमा पनि यो बिषयमा सहमति भएको थियो ।
