कोरोना महामारी विरुद्धको महायुद्धसंग महाजित बर्ष बनोस नयाँ बर्ष २०७७
कोरोना विरुद्ध विश्व महायुद्धमा छ । हामी पनि त्यसमा छौ । यसर्थ हामी घरभित्र बसेर र सामाजिक दुरी कायम राखेर यो महायुद्धमा सरिक हौ । राज्यलाई साथ दिउ । हामी विजय बन्छौ । यो कोरोना महामारी विरुद्धको महायुद्धसंग महाजित बर्ष बनोस नयाँ बर्ष २०७७
विष्णुप्रसाद पोखरेल
आज नयाँ बर्ष । तर फिक्का छ । सामान्य दिनभन्दा पनि फरक छ । कोरोना भाइरसको संक्रमण विरुद्धको अभियानमा हामी सवै घरमा छौ । अर्थात राज्यले घोषणा गरेको लकडाउन पालना गरेकछौ ।
साथीभाइसंग रमाउने तथा भेलाहुने कार्य यो पटक सम्भव छैन । मेला तथा रमाईलो पनि असम्भव छ ।
अहिले कोरानाले विश्व त्रसित रहेको छ । सुविधासम्पन्न र विश्वको महाशक्ति राष्ट्र मान्नेहरु समेत यसबाट त्रसितछन् । भयभित रहेकाछन् ।
यो अवस्थामा कोरोना भाइरससंग महायुद्ध लड्न हामी नेपाली घरभित्र बसेका छौ । यो एउटा अनौठो युद्ध हो । कुनै हतियार प्रयोग नहुने । कसैलाई नछोई लडिने यो महायुद्ध हामीले जसरी पनि जित्नु छ ।
सानो लापरवाही कारण ठुलो जोखिम निम्तन सक्छ । नेपालमा पनि १२ जनामा यो संक्रमण फेला परेको छ ।
विदेशबाट आएका र विदेशबाट आएकाहरुसंगको सम्पर्कमा आएकाहरु यो संक्रमणमा परेकाछन् । यसर्थ यस बिषयमा शतर्क बनौ ।
विदेशबाट आउनेहरुलाई छिछि र दुरदुर होइन उहाँहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न प्रेरि गरौ । केहि हप्ता अरुसंग टाढै रहनका लागि प्रेरित गरौ ।
कोरोना विरुद्ध विश्व महायुद्धमा छ । हामी पनि त्यसमा छौ । यसर्थ हामी घरभित्र बसेर र सामाजिक दुरी कायम राखेर यो महायुद्धमा सरिक हौ ।
राज्यलाई साथ दिउ । हामी विजय बन्छौ । यो कोरोना महामारी विरुद्धको महायुद्धसंग महाजित बर्ष बनोस नयाँ बर्ष २०७७ ।
अहिले हामीले महामारी विरुद्धको यो जित्दा अर्को नयाँ बर्ष मज्जाले मनाउला ।
यो महायुद्धलाई हामीले सामान्य रुपमा लिँदा हामी अर्को बर्ष देख्न पाउछौ वा पाउदैनौ त्यो भन्न सकिन्न ।
यसर्थ हामी घरमा बसेर आफ्ना परिवारसंग नयाँ बर्ष मनाऔ । फेरी पनि यो कठिन घडिमा सवैमा नयाँ बर्षको शुभकामना ।
