२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/  सरकारी दमक अस्पतालमा विदेशबाट आएका तथा क्वारेन्टाइनमा बसेकाहरुको कोरोना टेस्ट शुरु भएको छ ।

पहिलो दिन आइतवार १४ जनाको परीक्षणमा सबै नेगेटिभ देखिएको दमक नगरपालिकाकी प्रवक्ता एवं उपप्रमुख गीता अधिकारीले बताएकीछन् ।

दमक अस्पतालमा आर.डि.टि. टेस्ट किट (RDT Test Kit) द्वारा कोरोना भाइरस संक्रमणको परीक्षण कार्य शुरु गरिएको छ ।

१४ जनाको आर.डि.टि. टेस्ट किट परीक्षण गरिएकोमा सबै रिपोर्ट नेगेटिभ (कोरोना भाइरस संक्रमण नभएको) आएको छ, अधिकारीले भनिन् ।

विदेशबाट आएका २ जना व्यक्तिहरुको स्वाब परीक्षणका लागि बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा दुवैको रिपोर्ट नेगेटिभ आएको छ, उनले भनिन् ।

यसैबीच दमक नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य निरीक्षक बद्रि बरालसंग कोरोना जाँच र क्वारेन्टाइन लगायतको बिषयमा गरिएको संक्षिप्त कुराकानी-

दमकमा १४ जनाको कोरना जाच हुदा कस्तो आयो त रिपोर्ट ? दुइ जना नेपाल कोरोना सक्रमित भेटिएकै बिमानमा आएकाको पनि परिक्षण ।

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Sunday, 12 April 2020