स्थानीय सरकार ! फलफुल र तरकारी बोकेर भारतबाट आउने सवारी साधनमा रोक लगाउ नत्र अवस्था जटिल बन्ला
विष्णुप्रसाद पोखरेल
दमक/देश लाकडाउनमय रहेको छ । छिमेकी मूलक भारतबाट चोरबाटो भएर भारतीय नागरिकहरु अहिले नेपाल आउने क्रम बढेको छ । सुरक्षाकर्मीहरुले भारतबाट आउने मानिस रोक्नका लागि हदैसम्म प्रयास गरिरहेको अवस्था छ । तर यसले मात्र सार्थक बन्दैन । यसमा नागरिकहरुको ठूलो सहयोग आवश्यक रहेको छ ।
आफ्नो गाँउ ठाँउमा नयाँ मान्छे कोहि देखियो भने जनप्रतिनिधि वा प्रहरीलाई खबर गरेर सहयोग गर्नु जरुरी छ । यो महामारी रुप भएको कोरोना भाइरस विरुद्ध साझा लडाई लडन आवश्यक रहेको छ । हामी हाम्रो अस्तित्व समाप्त हुनसक्छ । यदि यसले हाम्रो गाँउठाँउमा महामारीको रुप लियो भने ।
झापाको दमकमा अहिले भारतबाट दिनका दिन निर्वाध रुपमा सवारी साधनहरु आइरहेकाछन् । शब्जि तथा खाद्यन्न बोकेर आउने सवारी साधनमा कमी नभएको बताईन्छ । आइतवार झापाको दमकमा प्याज, आलु लगायतका शब्जि बोकेर सवारी साधनहरु भित्रिएका थिए ।
दमकका एक शब्जिका होलसेल ब्यपारीका अनुसार भारतीय चालक, सहचालक र अर्का सहयोगी सहित ३ जनासम्म एउटा सवारी साधनमा आउने गरेकाछन् । यसले दमक कति खतरामा होला ? यो स्थानीय सरकारले बुझ्नु पर्छ । स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र यस्ता सवारी साधन ल्याउन रोक लगाउनु पर्छ । अन्यथा भोली महामारी नफैलेला भन्न सकिन्न ।
झापाको मेचीनगरमा स्थानीयहरुले त्यस्ता सवारी साधन रोकेर फिर्ता पठाउन खोजेका थिए । प्रहरीले चालक र सहचालकलाइ क्वारेन्टाइनमा पठाएको थियो । तर दमकमा यसमा चासो नै नदिईएको पाईएको छ । यो गम्भिर खतरा हो । बिभिन्न बस्तिहरुमा नयाँ मान्छे आएको भनेर चर्चा शुरु भएको छ ।
स्थानीय प्रशासन तथा प्रहरीसम्म यस बिषयमा खबरहरु पनि आएको स्थानीय प्रहरीको भनाई छ । यसलाई पनि गम्भिरताका साथ लिनु पर्दछ । स्थानीय स्तरमा रहेका टोल विकास संस्थाहरु परिचालन गरेर वा सिसि क्यामेराका फुटेजहरु हेरर कडा निगरानी गर्नु आवश्यक छ ।
जनप्रतिनिधिहरुको खटाई सहनीय रहेको छ । उनिहरु रात विहान नभिन खटिएकाछन् । सुरक्षाकर्मीहरु पनि चौबीसै घण्टा सडकमा छन् । स्वास्थ्यकर्मीहरु पनि ज्यानको बाजि लगाएर नै लागि परेकाछन् । यस्तो अवस्थामा अब हामी नागरिक लकडाउनको पुर्ण पालना गर्दै अब छिमेर वा आसपासमा नयाँ मान्छे आएका भए खबरदारी गर्नू पर्छ । त्यो सूचना प्रहरी वा जनप्रतिनिधि सम्म पुर्याउनु पर्छ ।
यो जोखिम न्यूनिकरणका लागि आफ्नो ठाँउबाट हामी आफु जुटौ । आफ्नो नगरपालिका वा गाँउपालिकाभित्र कोरोना भाइरसको संक्रमण रोक्नका लागि पहल गरौ । यो संकटको घडिमा आफ्ना पाहुना वा आफन्तलाई पनि शरण दिनका लागि इन्कार गर्न सक्नुपर्छ । जो जोखिम वा कोरोना फैलिएको क्षेत्रबाट आएकाछन् । क्वारेन्टाइनमा बसेका छैनन् ।
