२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

प्रभावकारी न्यूज डेक्स

दमक/ झापाको दमकमा एकैदिन ९ जनालाई क्वारेन्टाइनमा राखिको छ । दमक नगरपालिका – ४ स्थीत मानसरोबर कलेजको क्वारेन्टाईनमा २ जना रहेकामा सोमबार ९ जना थप भई त्यो संख्या ११ पुगेको जनाईएको छ।

क्वारेन्टाईनमा रहेका ११ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको दमक नगरपालिकाकी प्रवक्ता एवं नगर उपप्रमुख गीता अधिकारीले प्रभावकारी न्यूजलाई बताईन।

हालसालै विदेशबाट आएका व्यक्ति र परिवारको स्वास्थ्य अवस्था यस नगरपालिकाको स्वास्थ्य शाखाबाट निरन्तर निगरानी भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि जनाईएको छ ।

पछिल्लो समय एकसाथ धेरै संख्यामा क्वारेन्टाइनमा मानिसहरु थपिएकाहुन् ।

क्वारेन्टाइनमा रहेकाहरुको २४ सै घण्टा निगरानी र स्वास्थ्य अवस्थाबारे जानकारी लिइदै आएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक एवं कोरोना भाइरसको जानकारी दिन तोकिएका फोकल पर्सन बद्रि बरालले बताएकाछन् ।

नेपाल सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकभर लागू गरेको लकडाउन आदेशलाई सावधानी र सतर्कतापूर्वक घरमै बसी पालना गर्न, अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल नगर्न, विदेशबाट आएको व्यक्ति वा परिवारले सोको जानकारी नगरपालिका वा प्रहरीलाई तत्काल गराउन सम्पूर्ण नगरबासीमा अपिल पनि गरिएको छ ।