२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

काठमाडौं, १ वैशाख । काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । तर, स्वाबबाट भने पुष्टि हुन बाँकी छ । एकै परिवारका तीन जनाको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) बाट जाँच गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । पोजटिभ देखिएका सबैलाई पाटनकै आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

कोरोना पोजेटिभ देखिएसँगै तीनै जनालाई पाटन अस्पतालमा भर्ना गरिएको छ । आरडीटिबाट नमूना परीक्षण गरिएपनि अब पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको पाटन अस्पतालका निर्देशक डा.विष्णु शर्माले बताए । आरडिटीबाट गरिने कोरोना जाँच विश्वसनीय नभएकाले स्वाबबाट नमूना परीक्षण गर्न लागिएको डा.शर्माले  बताए ।

५ वटा बल्क रहेको अपार्टमेन्टको ए ब्लकमा २८ दिनअघि उनीहरु बेलायतबाट नेपाल फर्केको बुझिएको छ । अपार्टमेन्टमा कोरोना पोजेटिभ देखिएपछि अहिले पुरै अपार्टमेन्ट नै सिल्ड गरिएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरीका डीआईजी विश्वराज पोखरेलका अनुसार अहिले प्रहरीले उक्त भवनलाई सिल्ड गरेको छ । हाम्रो डाक्टर न्यूज