२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ झापाको दमकमा वार्डहरुमा दोश्रो चरणको राहत वितरण शुरु भएको छ ।

राहत वितरणमा राजनीतिक सहभागिता खोजेर अहिले यस कार्यमा राजनीतिक दलका स्थानीय नेताहरु देखिन थालेकाछन् ।

राहत वितरणमा टोल जिकास संस्था प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधि गर्दा जन्ती गएजस्तो अवस्था देखिएको भन्दै आलोचना शुरु भएको छ ।

प्रहरी प्रशासन वा नगरपालिका वा वार्ड कार्यालयमार्फत तोकिएको घरमा राहत पुर्याउन जोखिम कम हुन सक्थ्यो ।

राहत वितरणमा राजनीतिक सहभागिता खोजेर अहिले राहत वितरण कार्यक्रमा भिडभाड बढाउदै लकडाउनको पालना नहुने क्रम बढेको छ ।

यो दमकमा मात्र नभएर जिल्लाभर स्थानीय निकायमा यस्तै समस्या रहेको बताइन्छ ।

जनप्रतिनिधिहरुको राहत पुर्याउन तथा ब्यवस्थापन गर्न बाध्यता होला तर अरु जन्ति गएर जसरी जान किन परेको होला ? यो प्रश्न उठाउने समय आएको छ ।