२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

 राहत बाँडेको देख्दा  जोखिम छैन भन्ने अवस्था देखिदैन । यसमा गम्भिर भएर सोच्नु पर्दछ । जनप्रतिनिधिहरु जुन रुपले खटेकाछन् यो सम्मानयोग्य छ । रात विहान नभिन उनिहरु हरसमय गरिव तथा विपन्न र शंकाश्पद कोरोनाका विरामी राखिने क्वारेन्टाइन र उपचार हुने अस्पतालमा रहेकाछन् । सायदै स्थानीय सरकार हुँदा जनतालाई कति राहत मिल्छ र विपतको समयमा कसरी काम हुन्छ भन्ने देखिएको छ ।

विष्णुप्रसाद पोखरेल

दमक/ जनप्रतिनिधि स्वास्थ्यकर्मी र प्रहरी अहिले कोरोना भाइरस विरुद्धको लडाईको अग्रभागमा रहेकाछन् । उनिहरु कोरोनाको उच्च जोखिममा रहेकाछन् । प्रहरी र स्वास्थ्यकर्मीसंगै जनप्रतिनिधि तथा स्थानीय सरकारका कर्मचारी जो फिल्डमा खटिएकाछनु उनिहरु पनि यो कोरोना विरुद्धको युद्धमा अग्रभागमा रहेकाछन् । यसले उनिहरु पनि निक्कै जोखिममा छन् ।

राहत पुर्याउन जाँदाहोस् या लिएको भर्पाइ गराउदाहोस उनिहरु मान्छेबाट टाढा हुन सक्दैनन् । अझ सुकुम्बासी तथा विपन्न बस्तिमा बाक्लो जनघनत्व भएको ठाँउमा उनिहरु पुगेकाहुन्छन् । माक्स र ह्याण्ड सेनिटाइजर लगाएपछि सुरक्षितछौ भन्ने बाहेक अरु केहि सुरक्षाको उपाय छैन ।

कोरोना भाइरसको संक्रमण फैलिएको भारतको पञ्जावको एक स्थानीय तहमा त्यहाँका सबै जनप्रतिनिधिमा कोरोना भाइरस संक्रमणको समचार आएको थियो । नेपालमा पनि यो नहोला भन्न सकिन्न । अहिलेको राहत बाँडेको देख्दा यो जोखिम छैन भन्ने अवस्था देखिदैन । यसमा गम्भिर भएर सोच्नु पर्दछ ।

जब नगरपालिकामा मेयर रोमनाथ ओली यसरी चामल हाल्दै गरेको अवस्थामा भेटिए

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Friday, 3 April 2020

जनप्रतिनिधिहरु जुन रुपले खटेकाछन् यो सम्मानयोग्य छ । रात विहान नभिन उनिहरु हरसमय गरिव तथा विपन्न र शंकाश्पद कोरोनाका विरामी राखिने क्वारेन्टाइन र उपचार हुने अस्पतालमा रहेकाछन् । सायदै स्थानीय सरकार हुँदा जनतालाई कति राहत मिल्छ र विपतको समयमा कसरी काम हुन्छ भन्ने देखिएको छ ।

जनप्रतिनिधिहरुको काम जति नै भएपनि आलोचना र टिप्पणि भने हुदो नै रहेछ । सबैलाई राहत पाईयोस भन्ने चाहाना, बिपक्षीहरुको पनि आलोचना गर्ने संस्कार र आफ्नैको पनि राम्रो भनिदियो भने अर्को पटक चुनाव जित्दा भन्ने मनको डर हुनसक्छ । तर यो अवस्थामा यो सवै नदेखाउनु पर्ने र नदेखिनु पर्ने हो ।

जनप्रतिनिधिहरुका लागि न कुनै सुरक्षा कवचको लागि आवाज उठेको छ न कसैले उपलब्ध नै गराएको छ । स्वास्थ्यकर्मी र प्रहरीलाई उनिहरुले उपलब्ध त गराउछन् तर आफै भने जोखिममा रहेकाछन् । उनिहरुको यो कार्य आज होइन भोली कोरोना भाईरसको संक्रमणको त्रास कम भएपछि पक्कै मूल्यांकन होला । कामना गरौ कोहिलाई पनि कारोना भाईरसको संक्रमण नहोस ।

राहत कसरी पुरयाउने ? भकारीमा धान चामल कति छ?

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Sunday, 5 April 2020