बढ्यो लकडाउन, पुग्यो बैशाख १५
सरकारले लकडाउनको समय थप गरेको छ । कोरोना संक्रमणका लागि सबैभन्दा प्रभावकारी मानिएको लकडाउन वैशाख १५ गतेसम्म पुर्याउने मन्त्रिपरिषदले निर्णय गरेको हो ।
यसभन्दा अघि बैशाख ३ गतेसम्म लकडाउन गरेको लकडाउनलाई १२ दिन थप गरेको हो ।
चैत ११ बाट थालिएको लकडाउन यो तेस्रो पटक बढाइएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिपद्को बैठकले यो निर्णय गरेको जनाईएको छ ।
