२०८१ बैशाख १८, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ लकडाउनको कारणले अहिले हरेक क्षेत्र अस्तब्यस्त रहेको छ । सर्वसाधरणदेखि लिएर सबैको आयआर्जन ठप्प बनेको छ । खाद्यन्न लगायत अत्यआवश्यकीय बाहेक अधिकाँश ब्यापार ब्यवसाय पनि चलेकाछैनन् । जसले गर्दा बैक तथा सहकारी एवं वित्तिय संस्थाबाट ऋण लिएर ब्यवसाय गर्ने अहिले धेरै मारमा रहेकाछन् ।

ब्यवसायीहरुको खातामा रहेको पैसा बैकले अहिले साँवा ब्याज कटाउन थालेपछि ब्यपारी थप पीडित भएकाछन् । सरकारको निर्णय नै पालना नभएको पाईएको छ । यसले ब्यवसायीहरुलाई ब्यवसाय नभएको त पीडा थियो थप पीडा साँवा ब्याज आफुखुसि बैकले काट्न थालेपछि भएको छ ।

यो बीचमा सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले ३ पटक सम्बोधन गर्दा पनि बैकको साँवा ब्याजको बिषयमा सरकारले कुनै धारणा नल्याएको भन्दै ब्यवसायी आक्रोशित भएकाछन् । दमकका ब्यवसायी प्रेम पाण्डेले सामाजिक सञ्जालबाट नै यस बिषयमा आक्रोश पोखेका छन् ।

अर्का ब्यवसायी युवराज घिमिरेले पनि यस बिषयमा सामाजिक सञ्जनालबाट सरकरलाई सोधेकाछन् । । उनले भनेकाछन्-

माननीय अर्थमन्त्रीज्यू , (संघीय, प्रदेश , स्थानीय सरकार)

कोरोनाभाईरस लाग्यो भने त जसलाई लाग्यो त्यो त मर्ने नै भयो तर नेपालमा ब्यबसाय गर्न सिक्दै बल्ल तल्ल त्यही पेशा बाट बल्ल तल्ल जिबिकोपार्जन गर्न प्रयासरत खासगरी मध्यमबर्गिय ब्यापारीहरु बैकको ब्याज/ किस्ता, स्टाफहरुको तलब , दोकान /गोदाम / घर भाडा , बिजुली/ पानीको बिल, घर खर्च लगयतको अभावले पनि पो मर्ने भए त । यो बर्गको बारे मा कसैले सोचेको छ ? कि मैले यसको आभाष नपाएको मात्र हो?