२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ झापाको दमक वार्ड नं. ५ मा दोश्रो चरणको राहत वितरण शुरु गरिएको छ। लकडाउनका कारण अति विपन्न एवं गरिवको घरमा राहत वितरण कार्य जारी रहेको वडा सचिज भोजु थुलुङले बताउनु भएको छ ।

पहिलो चरणमा वितरण गर्दा छुटेकाहरुलाइ यो चरणमा वितरण गरिएको उनले जनाए । यो वार्डमा कोहि पनि गरिव भोकै हुनु नपोस भन्ने ध्ययका साथ वितरणलाई प्रभावकारी बनाईएको पनि उनको भनाई छ ।

यता राहत वितरण स्थलमा वार्डध्यक्ष इन्द्र गुरुङले अति विपन्नको पहिचान गरेर राहत वितरण भईरहेको जनाए ।

उनले अब कोठामा बस्ने मजदूर तथा अति विपन्न र भोकै बस्नु पर्ने बाध्यता भएकाले आफ्नो वार्डमा राहत पाउने जनाएकाछन् ।

कोहि पनि भोकै बस्नु पर्दैन र राहत पुर्याछौ, उनले भने । कोठामा बस्नेहरुको पनि लगत लिने काम भएको उनको भनाई छ । चरणचरण होइन यहि चरणमा पाउछन्, उनले भने ।

दमकमा कोठा बस्ने बिपन्नले पनि राहत पाउने भन्छ्न- इन्द्र गुरुङ, अध्यक्ष दमक ५

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Tuesday, 14 April 2020