२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

अन्तराष्ट्रिय सम्बन्ध समिति सभापति एवं झापा क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेलले भारतसंग सिमा पुर्ण रुपमा बन्द गर्नु पर्ने र फलफुल तथा तरकारी आउने सवारी साधन रोकिनु पर्ने बताएकीछन् । यस बिषयको जिज्ञासामा उनले त्यो नआएको बताईएकी थिइन् । दमक लगायतका क्षेत्रमा खुलमखुल्ला आइरहेको कुरा राखेपछि उनले त्यो रोकिनु पर्ने र जनस्तरबाट समेत यो गर्न सकिने जनाईन् ।

यसले जोखिम निम्याउने भएकाले यो पुर्ण रुपमा रोक्नुपर्छ, उनले भनिन् । यदि त्यस्तो नरोएिको भए सम्बन्धित ठाँउ तथा सरकारसम्म पनि यो कुरा पुर्याइन्छ, उनले भनिन् । कोरोना भाइरस संक्रमणका लागि सबै आफ्नो ठाँउबाट लागिएको अवस्था छ,उनको भनाई थियो । विञ्जु मिडिया कर्नरका विजय बरालले गरेको ‘भिडियो कन्फ्रेन्स’ मा भएको छलफलमा उनले यस्तो बताईन ।

नेपाल भारत सिमा कडाई गरिने काम शुरु भएको भन्दै यसलाई जारी राखिने पनि उनले बताईन् । खुला सिमाका कारण समस्या भएको छ तर सुरक्षाकर्मीहरु यसमा लाग्नु भएको छ, उनले थपिन । यसमा नागरिक स्तरबाट पनि सहयोग जरुरत रहेको उनको भनाई थियो ।

माननीय पवित्रा निरौला खरेल संग भिडियो कन्फ्रेन्स प्रत्यक्ष प्रसारण !!!

माननीय पवित्रा निरौला खरेल संग वर्तमान परिस्थितिको वारेमा भिडियो कन्फ्रेन्स प्रत्यक्ष प्रसारण !!!

Posted by Binju media corner on Tuesday, 14 April 2020