शंकाश्पद विरामीका लागि होम क्वारेन्टाइन घातक बन्न सक्छ, विदेशबाट आएका सबैलाई क्वारेन्टाईनमा लैजाउ
विष्णुप्रसाद पोखरेल
दमक/ पछिल्लो समयमा नेपालमा पनि कोरोना संक्रमणको दर न्यूनसंख्यामा बृद्धि हुँदै गएको छ । यो शुभ संकेत होइन । सेल्फ क्वारेन्टाइनमा बसेकाहरुमा यो देखिदैछ । यसले गर्दा अब सेल्फ क्वारेन्टाइनमा राख्नु भन्दा विदेशबाट आएका र सम्भावित जोखिम भएकाहरुलाई क्वारेन्टाइनमा नै राखिनु उपयुक्त हुन्छ ।
यो मानिसको अस्तित्व रक्षाको लडाई हो । एकजनाका कारण एउटा सिंगो गाँउ बस्ति र देश नै महामारीको चपेटामा पर्न सक्छ । यसले गर्दा विदेशबाट आएका र यसको लक्षण देखा परेकाले पनि स्वयं क्वारेन्टाइन रोज्नु पर्छ । सेल्फ होम क्वारेन्टाइन यसका नियम पुर्ण रुपमा पलना गर्न हामी जस्ता मध्यमबर्गिय तथा विपन्न परिवारको घरमा सम्भव छैन ।
जोखिम न्यूनिकरणका लागि राज्यसंगै हाम्रो पनि दायित्व हो । तर हामी विदेशबाट आएकाहरुको सूचना स्थानीय सरकार वा प्रहरीलाई दिइरहेका छैनौ । हामी आफै पनि सम्पर्कमा आइरहेका छैनौ । यहि कारण हामी उच्च जोखिममा पर्दै गएका छौ । त्रासमा रहनु परेको छ ।
छिमेकी मूलक भारतबाट पनि चोरबाटो गरेर पाहुनाहरु आइरेहकाछन् । शब्जि र अत्यआवश्यक सामाग्रि ढुवानी गर्ने सवारी साधनहरुमा मान्छेहरु आएको प्रमाणहरु भेटिन थालेकाछन् । यसले हामीलाई संकट निम्त्याउछ । यो संकट जटिल हुनेछ । हाम्रा लागिमात्र होइन मानव सम्भयताका लागि नै महगो सावित हुनेछ ।
प्रहरी, स्थानीय सरका र स्वास्थ्यकर्मीहरुको तदारुकता सम्मानयोग्य छ । अनि भोली महामारी फैलिएको अवस्थामा हामी गालि गर्ने उनिहरुलाई नै होला । तर खोइ त अहिले हामीले आफ्नो जिम्मेवारी पुरा गरेको ? विदेशबाट आएकाहरुको जानकारी दिएको ? खोइ त क्वारेन्टाइनमा बस्छु भन्दै आएको ?
मानव सभ्यताका लागि चुनौती बनेको कोरोना भाइरस विरुद्धको लडाई हामी विवेकले जित्नु छ । सावधानीले जित्नु छ । यसको उपचार त सम्भव छैन । यसर्थ समयमा नै सचेत बनौ । सेल्फ होम क्वारेन्टाइन होइन आएर क्वारेन्टाइनमा बसौ । क्वारेन्टाइनहरुलाई सुविधा सम्पन्न र बस्नयोग्य बनाउ । यो नै अहिलेको सबैभन्दा ठूलो कोरोनाबाट बच्ने औषधि र अभियान हुने छ ।

