भारतीय फलफुल र तरकारीसंगै झापामा कोरोना आउने त्रास ! यो रोक्ने कस्को जिम्मेवारी ?
विष्णुप्रसाद पोखरेल
दमक/ भारतमा कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्था रहेको भएपनि त्यहाँबाट निर्वाध रुपमा विराटनगर हुँदै झापाको बजारमा फलफुल तथा शब्जिहरु आउने क्रम रोकिएको छैन ।
मालवाहक ट्रकमा खुलमखुल्ला रुपमा आउने गरेको बताईएको छ । बेलुकाको समयमा भारतीय सवारी साधनको लस्कर लाग्ने गरेको प्रत्यक्षदर्शीहरु बताउछन्।
दमकमा आज भएको एउटा छलफलमा यो बिषय उठेपनि केन्द्र सरकारले खाद्यन्न ल्याउन दिने भनेकाले यस बिषयमा केहि गर्न नमिल्ने भन्दै यसलाई रोक्नका लागि खास केहि पनि निर्णय हुन नसकेको पाईएको छ ।
मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले आफ्नै पहलमा सर्वपक्षिय छलफल राखेर यस्ता फलफुल तथा शब्जि ल्याउने कार्य रोक्ने निर्णय गरेका थिए । यो त्यहाँ कार्यन्वयन पनि भएको बताइन्छ ।
जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल अत्यआवश्यकीय सामाग्रि ल्याउनु पर्ने बाध्यता रहेको छ ।
त्यो संगै यो पनि अत्यआवश्यकीय खाद्यन्नमा पर्ने भएकाले आइरहेको हो । नागरिक स्तरबाट भएपनि यो रोक्न जरुरी भएको बताईन थालेको छ ।
रोटरी क्लव अफ दमकका अध्यक्ष सन्दिप चापागाई स्थानीय सरकारले आफ्नो क्षेत्रमा यस्तो कार्य रोक्नु पर्ने बताउछन् । यो सम्भव भएको र नगरबासीको स्वास्थ्यभन्दा ठुलो अरु हुन नसक्ने उनि बताउछन् ।
दमकका दुर्गाप्रसाद भट्टराई भन्छन्-
मेरो बिचार मा रतुवा पुल को पारी पट्टि ढाट लगाउनेे र यता मावा पुल मा ढाट लगाउने हरियो सब्जि नपाए दाल भात खाने हामी सेब रहने हो तर मेरो बचार ले के हुन्छ र यहाँ दमक भित्र बसो बाँस गर्ने मान्य हरू लाई दिन मा तीन टायम फेरि फेरि नया सब्जी चाहिन्छ के भन्नू हजुर
