झापामा आरडिटी परीक्षण पोजेटिभ आएको ब्याक्तिको पिसिआर परीक्षण रिर्पोट नेगेटिभ-रबिन्द्र लिङ्देन
दमक/ झापा हल्दिबारीका एक युवाको कोरोना परीक्षणमा आरडिटी पोजेटिभ आएकोमा पिसिआर नेगेटिभ आएको गाँउपालिकाका अध्यक्ष रबिन्द्र लिंगदेनले जनाएकाछन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्-हल्दिबारी गाउपालिकामा rapid diagnostic test (RDT) मा पोजेटिभ देखिएको ब्याक्तिको स्वास टेस्ट PCR नेगेटिभ आयो ।। “आफु बाचौ अरुलाई पनि बचाऔ” लक डाउनको पालना गरौ घर मै बसौ।।
विहान स्वास्थ्य कार्यालय झापाका आधिकारीक प्रतिनिधिले नै रिर्पोट पोजेटिभ आएको बताएका थिए । त्यसको प्रमाण सुरक्षित नै रहेको छ । यसले पर्न गएको भ्रमप्रति प्रभावकारी न्यूज परिवार क्षमा चाहान्छ । कोरोनासंक्रमण हुनबाट आफु पनि बचौ र अरुलाई पनि बचाऔ ।
