दमकमा क्वारेन्टाइनमा ११ जना, बुधबार २५ जनाको आरडिटी परीक्षणमा सबैको नेगेटिभ
दमक/कोरोना भाइरसका. संक्रमण रोकथामका लागि स्थानीय तहहरुले तदारुकताका साथ काम अघि बढाउदै आएकाछन् । दमक नगरपालिकाले पनि आफ्ना तयारीहरुलाई तिब्र बनाउदै लगेको जनाएको छ ।
नगरपालिकाका अनुसार दमकमा ११ जना ब्याक्तिहरु क्वारेन्टाईनमा रहेकाछन् । बुधबारसाँझ सम्मको संख्या हो यो ।
वार्ड नं. ४ स्थीत मानसरोबर कलेजको क्वारेन्टाईनमा उनिहरुलाई राखिएको छ ।
क्वारेन्टाईनमा रहेका ११ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिका उपप्रमुख गीता अधिकारीले बताएकीछन् ।
यसैगरी बुधबार वडा न. ५, ६,७,८,९ र १० का जम्मा २५ जनाको आरडिटि टेस्ट किट मार्फत परीक्षण गरिएकोमा सबै रिपोर्ट नेगेटिभ आएको पनि जानकारी गराईएको छ ।
