प्रशाई दम्पतीको सह्रानीय काम-अस्पताल, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई अत्यआवश्यकीय स्वास्थ्य सामाग्रि प्रदान
दमक/ सामाजिक तथा राजनीतिक अगुवा एवं दमक उद्योग बाणीज्य संघका पुर्व अध्यक्ष प्रकाश प्रसाईं र लायन्सकर्मी एवं सहकारीकर्मी, नेपाल महिला संघ क्षत्रीय सभापती रेगिना भट्टराई प्रसाईंले दमकस्थित अस्पतातल, सुरक्षाकर्मी सहित सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामाग्रि निशुल्क उपलब्ध गराएकाछन् ।
दमक ६ स्थित दर्पण वचत तथा ऋण सहकारी संस्था संगको सहकार्यमा करिब १ लाख २० हजार रुपैयाँ मुल्य बराबरका स्वास्थ्य सामाग्रिहरु उपलब्ध गराएकाहुन् ।
कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मि र प्रहरीलाई पिपिई सहितका स्वास्थ्य सामाग्रि र कोरोनाको जोखिममा पनि नागरिकलाई सहि सुचना उपलब्ध गराउन खटिने सञ्चारकर्मिहरुलाई सेनिटाईजर, पन्जा र मास्क उपलब्ध गराईएको प्रकाश प्रशाईले बताए ।
सहकारीको तर्पmबाट ५० हजार रुपैयाँ र सहकारीकी अध्यक्ष समेत रहनु भएको रेगिनाको भट्टराई दम्पत्तिको तर्पmबाट ७० हजार रुपैयाँका स्वास्थ्य सामाग्रि वितरण गरिएको हो ।

दमकको सरकारी दमक अस्पताल सहित एड्भान्स, लाईफलाईन, ओम मेची, नमस्ते, निम्स, आम्दा र दमक हस्पिटललालाई तिन–तिन सेट पिपिई, माक्स, पन्जा र सेनिटाईजर, ईलाका प्रहरी कार्यालय दमक र सशस्त्र प्रहरीको औद्योगीक सुरक्षा गुल्म लाई ५–५ पिस पिपिई, मास्क, पन्जा र सेनिटाईजर र ईलाका ट्राफिक प्रहरी कार्यालय दमकलाई ३ सेट पिपिई सहित मास्क, पन्जा र सेनिटाईजर उपलब्ध गराईएको भट्टराईले जनाईन ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकलाई पनि दुई सेट पिपिई सहितका सामाग्रि वितरण गरिएको उनको भनाई छ । त्यस्तै दमकको बेल्डाँगीमा रहेको सशस्त्र प्रहरीलाई पनि सुरक्षाका समाग्रिहरु उपलब्ध गराईएको पनि उनले बताइन ।
स्वास्थ्य सामाग्रि वितरण कार्यक्रममा नमस्ते अस्पताल दमकका डाक्टर बेधनिधि खतिवडाले कोरोना संक्रमण नियन्त्रणको लागी सबैभन्दा उत्तम उपाय भनेकै व्यक्तिगत दुरी कायम राख्नु पर्ने भएकोले लकडाउनलाई पुर्ण रुपमा पालना गर्नु पर्ने बताए ।

