२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/बिभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा उदयपुरमा ८ जना कोरोना पोजेटिभ भएको ब्याक्तिहरु भेटिएको भन्ने हालेपछि यस बिषयमा जिज्ञासा शुरु भएको छ ।

उदयपुरको मस्जिदबाट पक्राउ गरेर स्वाब परीक्षण गरिएका ब्याक्तिहरुमा कोरोना पोजेटिभ भेटिएको न्यूजअफनेपाल, अन्नपूर्णपोष्ट लगायतका अनलाइनहरुले समाचार हालेकाछन् ।

प्रदेश एकको सामाजिक मन्त्रालय श्रोतलाई उदृत गरिएको छ । यसको आधिकारीक पुष्टि भने कतैबाट भएको छैन ।

स्वास्थ्य मन्त्रालयले नियमित रुपमा यस बिषयमा जानकारी दिदै आएकोमा आज कोहिलाई पनि कोरोना पोजेटिभ भेटिएको बताएको थिएन ।