दमकको उराउ बस्तिका २ सय १९ लाई नगरपालिकाद्धारा दैनिक उपभोग्य सामाग्रि प्रदान (भिडियो सहित)
विष्णुप्रसाद पोखरेल
दमक/ दमक नगरपालिकाले दमक ९ चिया बगान आसपास तथा यहाँको उराउ बस्तिका अति विपन्न दूइसयभन्दा बढि घर परिवारलाई राहत स्वरुप चामल सहित दैनिक उपभोग्य सामाग्रिहरु प्रदान गरेको छ ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार अति विपन्न र गरिव परिवार कोहि पनि भोकै नराख्ने नगरपापालिकाको नीति रहेको छ । यसै अनुसार उनिहरुलाई आज राहत दिईएको हो ।
वडा नं. ९ का वडा सदस्य समिन रिजालका अनुसार २ सय १९ परिवारलाई १५ केजीका दरले चामल सहित दैनिक उपभोग्य सामाग्रिहरु प्रदान गरिएको हो ।
वार्डमा कोहि पनि भोकै रहन नदिने जनाउदै यो कार्य निरन्तर रहने उनको भनाई छ ।
चिया बगान तथा आसपासका जनतालाइ राहत
Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Friday, 17 April 2020
