बिराटनगरमा एकजनामा देखियो कोरोना पोजेटिभ
दमक/ आज थप एकजनाको कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
विराटनगरका एक ब्याक्तिमा कोरोना संक्रमण भएको पाईएको हो । योसंगै नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ ।
६५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएपछि थप विवरण लिने काम भईरहेको स्वास्थ्य मन्त्रालय श्रोतले जनाएको छ ।
