२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

प्रभावकारी न्यूज डेक्स
दमक /  समाजबादी पार्टी प्रदेश १ अध्यक्ष प्रविण चाम्लिङले कोरोना भाइरसको सक्रमणबाट बच्न र फैलन नदिन प्रभावकारी रुपमा लकडाउनको पालना गर्नु पर्ने बताएकाछन् । उनले सुविधा सम्पन्न देशहरुमा समेत चुनौती बनेको यो रोगबाट आफैले आफैलाई बचाउन बाहेक अरु उपाय नरहेकाले सचेत हुन आग्रह गरेकाछन् ।

दमक उद्योग बाणिज्य संघका पुर्व कार्य समिति सदस्य समेत रहेका दमकबासी चाम्लिङले दमकमा लकडाउनको पालना नभएको र स्थानीय प्रशासनले गराउन नसकेको पनि बताएकाछन् । उनले विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म पसल खोल्ने कार्य जोखिमपुर्ण भएको पनि जनाएकाछन् । चाम्लिङले प्रदेशभरका जिल्लाका बजार तथा भिडभाड हुने क्षेत्रहरु बन्द गर्न अनुरोध गरे । प्रदेश सरकार र यहाँ रहेका स्थानीय सरकारको यस बिषयमा ध्यानकर्षण गराउन चाहान्छु, उनले भने ।

कालोबजारी गर्ने  र ब्यापारीलाई फाइदा भएको देखिन्छ, उनले भनेकाछन् । सर्वसाधरण जनताको सुरक्षाको बिषय ठुलो भएकाले यस बिषयमा गम्भिर रुपमा स्थानीय सरकार र प्रशासनले चासो राख्नु पर्छ, उनले भने । भारतीय सवारी साधनमा फलफुल तथा तरकारी ल्याउने कार्य पनि रोकेर जनताको स्वास्थ्य सुरक्षामा ध्यान दिन उनले आग्रह गरेकाछन् ।

चाम्लिङले सिमामा रोएर बसेका नेपाली र विदेशबाट आउन चाहेका नेपालीहरुलाई ल्याउनु पर्ने पनि जनाएकाछन् । नेपालीहरुलाई उद्धार गरेर क्वारेन्टाइनमा भएपनि राख्नुपर्छ, उनले भने । राहत बाँड्नमा मात्र जनप्रतिनिधिको ध्यान गएको भन्दै सम्भावित जोखिम न्यूनिकरणका लागि अब लाग्न सुझाव दिए । उनले प्रदेशभर स्थानीय तहले गरिब बिपन्नलाई राहत वितरण गरिरहेको बताएको भएपनि यसमा पूर्वाग्रह रहेको सुनिएको जनाए । पुर्वाग्रह नराखि सबै विपन्न र गरिवले राहत पाउनुपर्छ, उनले भने ।