२०८१ बैशाख १३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

कुनै पनि पसलहरुमा दैनिक उपभोग्य सामाग्रिको मूल्य सूचि टाँस भएको पाईएको छैन । पसल नै पिच्छे फरक मूल्य रहेको छ । न अनुगमन भएको छ न त कोहिले किन यति धेरै मूल्य पर्यो भनेर ब्यवसायीसंग स्पष्टिकरण नै मागेको अवस्था रहेको छ । यो बिपतको समयमा भएको मनपरी र ठगी हो

विष्णुप्रसाद पोखरेल

दमक/ हामीले नै होलेसेलमा १ सय २८ रुपियामा ल्याउनु परेको छ भने अब कतिमा बेच्ने हो तपाई आफैले भन्नुहोस्, प्रभावकारी न्यूजले केहि पसलहरुमा दालको मूल्य बुझ्ने क्रममा आइतवार यो पाईएको हो ।

लकडाउन शुरु हुनु अगाडि तथा एकसाता अधिसम्म ९० देखि १ सय रुपियामा पाइने दालको दाम एक्कासी बढेको हो ।

दालमात्र नभएर ब्यवसायीहरुले अन्य दैनिक उपभोग्य बस्तुको भाउ पनि निक्कै बढाएकाछन् । चिनीमा पनि प्रतिकेजि ५ रुपियादेखि १० रुपिया बढाईएको छ ।

कुनै पनि पसलहरुमा दैनिक उपभोग्य सामाग्रिको मूल्य सूचि टाँस भएको पाईएको छैन । पसल नै पिच्छे फरक मूल्य रहेको छ ।

न अनुगमन भएको छ न त कोहिले किन यति धेरै मूल्य पर्यो भनेर ब्यवसायीसंग स्पष्टिकरण नै मागेको अवस्था रहेको छ । यो विपत्को समयमा भएको मनपरी र ठगी हो ।

झापा सहित प्रदेशका अन्य मुख्य बजार क्षेत्रहरुभन्दा दमक धेरै खुला रहेको छ । खास दमकमा कडाई नभएको गुनासो सर्वत्र रहेको छ ।

सामाजिक सञ्जालमा पनि लकडाउन कडा गर्न बारम्बार आवाज उठिरहेको भएपनि  यसको कार्यन्वयन भने अहिलेसम्म भएको छैन ।

ठेला, सिटिमा  ब्यापार गर्नेको पनि मनपरी छ । १० देखि १५ रुपिया प्रतिकेजी किसानले टमाटर विक्री गर्न पाएकाछैनन् तर बजारमा ४० देखि ५० रुपिया लिएर बेचिरहेकाछन् ।

१५ देखि २० रुपिया प्रतिकेजीको काँक्रो ४० देखि ५० रुपिया मूल्य रहेको छ । मूल्य बढि लिएको मात्र नभएर यसबाट कोरोनाको जोखिम पनि बढेको भन्दै यस्तो कार्य पनि रोक लगाउन माग रहदै आएको छ ।