दमकमा मनपरी मूल्य लिने र मूल्य सूचि टाँस नगर्नेमाथि एक्सन शुरु, ठाँउको ठाँउ सटर तान्न थालियो
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा दाल, चिनी लगायतका अत्यआवश्यकीय दैनिक खाद्य उपभोग्य सामाग्रिको मूल्य मनपरीको रहेको बिषयमा प्रभावकारी न्यूज मार्फत निरन्तर सम्बन्धित निकायको ध्यानकर्षण गराएपछि सोमबार अनुगमन भएको छ ।
अनुगमनमा मनपरी र पसलनै पिच्छे फरक मूल्य समेत पाईएको छ ।
दमक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एवं दमक बजार अनुगमन समितिका संयोजक भीम पौड्याल, इलाका प्रशासन कार्यालय दमकका शाखा अधिकृत तिलोचन रिमाल, दमक नगरपालिकाका अधिकृत यज्ञराज निरौला सहितको टोलीले अनुगमन गर्दा दालको मूल्य ९५ रुपियादेखि १ सय ४० रुपियासम्म पाएको हो ।
दमकमा बडि मुल्यमा सामान बेच्नेको सटर बन्द गराउन सुरु । आक्रमक बने अनुगमन समिती सम्योजक भिम पौडेल ।
Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Monday, 20 April 2020
सरदरमा १ सय २५ रुपिया लिएको पाईएको छ । कतिपय पसल तथा थोक विक्रेताहरुले भाउ बढेर आएको जनाएता पनि बिल खोज्दा देखाउन सकेका थिएनन् । केहिले पनि १ सय ४ रुपियामा किनेको देखाएका थिए ।
दाल, चीनि मात्र नभएर हरेक चिजमा भाउ बढाएको पाईएको र मूल्य सूचि टाँस नगरेको पाईएकाले सटर बन्द गराईएको छ, पौड्यालले प्रभावकारी न्यूजसंग भने ।
अनिवार्य रुपमा मूल्य सूचि टाँस गरेर विक्री नगरे आवश्यक कार्वाही तत्काल थाल्छौ, उनले भने । यस्तो अवस्थामा पनि जनतालाई ठग्नु यो क्षम्य हुन सक्दैन उनको भनाई छ । पौड्याल आफैले सटर बन्द गराउदै हिडेका थिए । एकै ठाँउमा रहेका पसलहरुमा पनि फरक फरक मूल्य पाईएको थियो ।
बजारमा मनपरी हुँदा र कालोबजारी हुँदा समेत अनुगमन नभएको भन्दै आलोचना ह्ुँदै आएको थियो ।
लुटनसम्म यो अवस्थामा ब्यापारीहरुले लुट्ने र हामीले गालि खाइरहने अवस्था आएको छ, अनुगमन समितिका संयोजक पौडेलले भने । अब कसैलाई पनि छुट हुँदैन, उनले दाबी गरे ।
दमकमा बडि मुल्यमा सामान बेच्नेको सटर बन्द गराउन सुरु । आक्रमक बने अनुगमन समिती सम्योजक भिम पौडेल ।
Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Monday, 20 April 2020
