२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक उद्योग बाणिज्य सघको सकारत्मक कदम

दमक / दमक उद्योग बाणिज्य संघले नगरबासीको भावाना र लकडाउनलाई प्रभावकारी बनाउनका लागि स्थानीय सरकारसंग नयाँ प्रस्ताव अघि सारेको छ ।

दमकमा १० देखि ४ बजेसम्म पसल खोल्ने सार्वजनिक भएपछि यस विरुद्ध आवाज उठेको थियो ।

संघको सोमबारको बैठकले सबैको भावाना र कोरोना भाइरसको संक्रमण फैलन नदिन प्रभावकारी उपाय लकडाउन भएकाले स्थानीय सरकारसंग नयाँ माग अघि सारेको हो ।

अध्यक्ष गोकुल श्रेष्ठले नगरपालिकालाई दिएको लिखित सुझावमा ३ घण्टामात्र पसल खोल्न दिइने सुझाव दिएकाछन् । तीन दिन बन्द गर्नु पर्ने प्रस्ताव पनि छ ।

अबका दिनमा उक्त पसलहरु निरन्तर रुपमा ३ दिनका लागि पुर्णरुपले लकडाउनको पालना गर्दै वन्द राख्ने र दैनिक २ दिन विहान ११ बजे देखी २ बजे सम्म खुल्ला गर्ने कार्य समय सापेक्ष उपयुक्त हुने महशुस गरिएको हुदा सोही अनुसार गर्नका लागि स्थानिय सरकार लाई सुझाव दिने निर्णय गरियो, श्रेष्ठले भने ।

प्रथम उपाध्यक्ष राजु् खड्का अनुसार यस बिषयमा बैठकमा गहन छलफल भएको छ । दमक लकडाउन प्रभावकारी नभएको सर्वत्र गुनासो सुनिएको र नगरबासीको स्वास्थ्य भन्दा अन्य ठुलो नभएको हाम्रो ठहर हो, उनले भने ।

स्थानीय सरकारले गर्ने निर्णय मान्ने र यो आफुहरुको सुझाव भएको उनको भनाई छ ।

अध्यक्ष श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई, पुर्व अध्यक्ष प्रकाश प्रसाई सहितको टोली नगरपालिका गएर नै आफ्ुहरुको निर्णयबारे लिखित रुपमा जानकारी गराईएको संघका कार्य समिति सदस्य नविन कुमार अग्रवालले बताएकाछन् ।

यस्तो छ सुझाव

मिति २०७७।०१।०८

श्रीमान नगरप्रमुख ज्यू

दमक नगरपालिका कार्यालय दमक झापा

विषय ः– राय सुझाव सम्वन्ध सम्वन्धमा ।

महोदय उपरोक्त विषयमा यस संघको मिति २०७७ साल बैसाख ८ गते सोमबारका दिन बसेको सचिवालय समितिको बैठक बाट हालको विषम परिस्थति लाई मध्यनजर गर्दै मानविय जनजिवनमा पर्न गएको असर लाई सकेसम्म कम गर्नका लागि स्थानिय सरकार तथा सम्वन्धित निकायहरु संग सहकार्य गर्नका लागि यस संघको तर्फबाट निम्नानुसार गरिएका निर्णयहरु सुझावका रुपमा पेश गरिएको छ ।

विश्वभर फैलिरहेको कोरोना भाइसर संक्रमणका कारण हाल मुलुक लकडाउमा रहेको अवस्थामा अत्यवश्यक खाद्य समाग्रीहरुको आपुर्तिका लागि सामाजिक दुरी लाई मध्यनजर गर्दै समय अनुकुल स्थानिय खाद्यान्न पसलहरु खुल्ला गरिदै आएकोमा अबका दिनमा उक्त पसलहरु निरन्तर रुपमा ३ दिनका लागि पुर्णरुपले लकडाउनको पालना गर्दै वन्द राख्ने र दैनिक २ दिन विहान ११ बजे देखी २ बजे सम्म खुल्ला गर्ने कार्य समय सापेक्ष उपयुक्त हुने महशुस गरिएको हुदा सोही अनुसार गर्नका लागि स्थानिय सरकार लाई सुझाव दिने निर्णय गरियो साथै खाद्यान्न सामाग्रीहरुको मुल्यमा एकरुपता नभएको तथा अत्याधिक मात्रमा मुल्य बृद्धि गरिएको भनि जनगुनासो आउने गरेका कारण उक्त कार्यलाई निरुत्साहीत गर्न मुल्यसुची तयार गरि आम उपभोक्ताले देख्ने गरि पसलमा अनिवर्य रुपमा राख्नका लागि अनुरोध गर्ने र कृत्रिम अभाव को श्रृजना नगर्न तथा नगराउन आम व्यवसायीहरु लाई सचेत गराउने साथै यस विसम परिस्थितमा पनि कृत्रिम अभाव श्रृजना गरेको पाइएमा बजार अनुगमनका सिलसिलामा कुनै किसिमको कारवाही हुन सक्ने भएको हुदा प्रभावकारी अनुगमन गर्ने कार्यमा स्थानिय सरकार वा सम्वन्धित निकायलाई यस संघको तर्फवाट पुर्ण रुपमा साथ सहयोग रहने ।

साथै हाल लामो समय देखी मुलक लकडाउनको अवस्थामा रहेको विषम परिस्थितमा लामो समय देखी व्यवसायीहरुले आप्mनो उद्योग व्यावसायहरु संचालन गर्न नसकि रहेको अवस्थामा बैक तथा वित्तय संस्थाहरु बाट लिइएको कर्जाको किस्ता तथा व्याज बुझाउन कठिन अवस्थाको श्रृजना भएकोले यस परिस्थिति लाई मध्यनजर गर्दै उद्यमी व्यवसायीहरु लाई धरासायी हुन वाट बचाउनका लागि लकडाउन अवधिभरको बैक व्यज तथा घर भाडा छुट गर्नका लागि सम्वन्धित निकायमा पहल गरिदिन स्थानिय सरकार तथा सम्वन्धित निकाय लाई अनुरोध गर्ने ।

हाल मुलुकको परिस्थिति लाई मध्यनजर गर्दै स्थानिय श्रमजिवि मजदुर तथा विपन्न परिवारहरुलाई राहत उपलव्ध गराउनका लागि यस संघको तर्फ बाट पनि स्थानिय सरकार दमक नगरपालिका लाई रु १,११,१११।– (एकलाख एघार हजार एकसय एघार रुपैया मात्र उपलव्ध गराईएको र हाल राहत वितरण कार्य प्रभवकारी नभएको भनि जनगुनासो आउने गरेका कारण राहत वितरण कार्यलाई प्रभावकारी रुपमा अगाडी बढाउन स्थानिय सरकार लाइ सुझव दिइन्छ । गोकुल श्रेष्ठ अध्यक्ष