२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमक सहित प्रदेश १ मा लकडाउनको मौकालाई केहि ब्यापारीहरुले कमाइ खाने र यहि मौकामा कमाधन्दा चलाउने अवसरको रुपमा लिए जस्तो देखिएको छ । अहिले फलफुल तथा तरकारीका मूल्य २ सय प्रतिशतसम्म बढाईएको गुनासो उपभोक्ताले गरेकाछन् । अझ जोखिम नचिनेका र कहिल्यै नदेखिएका ब्याक्तिहरुले ढेलामा ल्यार यस्ता चिज बिक्री गर्दा भएको पनि सामाजिक सञ्जालहरुमा आवाज उठेको छ ।

फलफुल तथा शब्जि बजार अनुगमनमा ध्यान दिनु पर्यो, सागको मुठा किन्दै साजन राईले भने । बजारमा केहि कुरा पनि छोइनसक्नु रहेको छ, उनको आक्रोश रहेको थियो । आलु, करेला, टमाटर, कोपी, लसुल, अदुवा लगायतका तरकारीहरुको भाउ आकासिएको हो ।

दमकमा ५ किलोमिटरमा रहेको कमल गाँउपालिकामा १३ रुपिया केजीमा पाईने टमाटर दमकमा ४० देखि ५० रुपिया पर्दछ । त्यही १५ रुपियामा पाइने क्राँक्रो दमकमा ३० देखि ४० रुपिया प्रतिकेजी लिने गरेको देखिएको छ । जसलाई जति मनलाग्यो त्यति नै मूल्य छ यसतर्फ ध्यान जाओस, सामाजिक सञ्जालमा धेरैको माग रहेको छ ।

चामल, आँटाको पनि भाउ आकाशिएको छ । पुरानो स्टक भएका ब्यापारीहरुले अहिले भाउ बढाएर विक्री गर्दै आएको आरोप छ । फ्याक्ट्रिहरुले नै पछिल्लो समय केहि मूल्य बढाएको पनि पुरानो स्टक भएका ब्यापारीले अहिले अचाक्ली भाउ बढाएर विक्री गर्नेमाथि कडाभन्दा कडा कार्वाही गर्नु पर्ने माग उपभोक्ताहरुको रहेको छ ।

यसैगरी दमकमा नूनको कृत्रिम अभाव गरिएको छ । दमकका ठुला र समाजका अगुवा भन्ने ब्यापारीले पनि नून नदिएको दमकका एक ब्यापारीले जनाए । जनप्रतिनिधिले नै कालोबजारी गरेकछन् त्यहाँ गएर अनुगमन गर्नुपर्यो, उनले भने । तर जनप्रतिनिधिको नाम भने खुलाएनन् । प्रतिबोरा ९ सय ६० रुपियाभन्दा बढिमा होलसेलमा विक्री गर्न नपाईने नून १ हजारभन्दा बढिमा कारोबार भइरहेको र यो पनि लुकाउन थालिएको दाबी गरिएको छ ।